धादिङ,४ पुष
धादिङको नीलकण्ठ नगरपालिकाको आयोजनामा वडा नम्बर ६ सुनौलाबजारमा एकिकृत घुम्ती शिविर सम्पन्न भएको छ ।नगरपालिकाबाट प्रवाह हुने सेवा तथा सुबिधा नगरबासीलाई गाउँगाउँमा उपलब्ध गराउने उदेश्यले एकिकृत घुम्ती शिविरको आयोजना गरीएको हो।
शिविरमा १३६ जनाको स्वास्थ्य परिक्षण तथा औषधी वितरण,९६ जनाको आँखाको परिक्षण,७६ जनालाई बैदेशिक रोजगार र कानुनी परामर्श,९७ जनाले आयुर्वेद सेवा लिएका छन् ।यसैगरी जेष्ठ नागरिक परिचय पत्र ५ जना लिएका छन्। शिविरमा ११ वटा पशुको गोबर परिक्षण,३४ वटा कुकुरलाई एन्टिभ्याक्सीन लगाईएको,११४ वटा पशुलाई औषधी वितरण गरिएको थियो भने १२ वटा पशुको गोबर परिक्षण गरीएको छ ।
नीलकण्ठ नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष भुपेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको शिविरमा नीलकण्ठ नगरपालिकाका उप मेयर दिपक विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीको विशेष आतिथ्यता रहेको उद्घाटन सत्रमा शाखा प्रमुखहरु,आर्थिक समितिका संयोजक लक्ष्मण रम्तेल,सुशासन तथा संस्थागत क्षमता विकास समितिका संयोजक शान्ता थापा,सुनौलाबजार प्रहरी चौकीका ईन्चार्ज दिपक घिमिरे लगायतको आतिथ्यता रहेको थियो ।शिविरको नीलकण्ठ नगर,उम मेयर दिपक विश्वकर्मा र प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले अनुगमन गर्नुभएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |