धादिङ ।
धादिङको ज्वालामुखी गाउँपालिका –३ मैदीमा पाँचौ खड्गदेवी साँस्कृतिक तथा कृषि महोत्सवको अवसरमा खुल्ला रक्तदान कार्यक्रम हुनेभएको छ ।
नेपाल रेडक्रस सोसाईटी मैदी उप–शाखाको आयोजना, वडा नम्बर ३ को कार्यालय, खड्गदेवी युवा क्लब, मैदीकोट खड्गदेवी मन्दिर संरक्षण समिति, मैदी ग्रामिण कृषि बहुउद्धेश्यीय सहकारी संस्था लि र मैदी ग्रामिण विद्युत सहकारी संस्था लिको, श्री स्थापनापती कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेडको सह–आयोजक, तथा लायन्स क्लब अफ काठमाण्डौं बल्ड सर्कल, लायन्स क्लब अफ काठमाण्डौं जुपिटरको सहकार्य र नेपाल रेडक्रस सोसाईटी रक्तसंचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम हुनेभएको हो ।
खड्गदेवी मन्दिर परिसर मैदीकोटमा बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुने रक्तदान कार्यक्रममा रक्तदान गरि सहयोग गरिदिनुहुन सम्पुर्ण स्वयमसेवि रक्तदाताहरुलाई आयोजकले आग्रह गरेको छ ।
नेपाल रेडक्रस सोसाईटी मैदी उप–शाखा धादिङले रक्तदान कार्यक्रममा विगतका वर्षहरु देखि निरन्तरता दिदै आएको छ ।
उक्त रक्तदान कार्यक्रमको लागि संस्थागत तथा व्यक्तिगत रुपमा नगद सहयोग गर्ने संस्थाहरु :
श्री स्थानापति कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेड – २०,०००
मैदी ग्रामीण विद्युत सहकारी संस्था लिमिटेड – ५,०००
ध्रुव कुमार श्रेष्ठ, ज्वालामुखी गा.पा वडा नं २, मैदी – ३,०००
रामकृष्ण श्रेष्ठ, ज्वालामुखी गा.पा वडा नं ३, मैदी – २,०००
ददीराम तिवारी, ज्वालामुखी गा.पा वडा नं २, मैदी– १,०००
कमला भारती, ज्वालामुखी गा.पा वडा नं २, मैदी – १,०००
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |