धादिङ,२ माघ
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १२ का ३ सय भन्दा बढी विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरीएको छ । नीलकण्ठ नगरपालिका वडा नम्बर १२ स्थित सांकोष मावि,पण्डितचौर आवि र रुद्रकन्या आविका सम्पुर्ण विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरीएको हो ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्ने र सामुदायिक विद्यालय प्रति अभिभावकको आकर्षण बढाउने उदेश्यले न्यानो कपडा वितरण गरीएको वडा नम्बर १२ का वडा अध्यक्ष धर्मराज भण्डारी(राजकुमार)ले जानकारी दिनुभयो ।शिक्षा क्षेत्रको विकासको लागि वडाले गर्न सक्ने कामहरुको सुरुवात गरीएको भन्दै उहाँले कक्षाकोठामा मोबाईल फोन बोक्नको लागि शिक्षकहरुलाई समेत प्रतिवन्ध लगाईएको भण्डारीले नीलकण्ठ एफएमलाई जानकारी दिनुभयो ।वडाले निर्णय गरेर समन्वय र सहकार्य गर्नको लागि वडा सदस्य गोविन्द सापकोटालाई जिम्मा दिईएको थियो । वडा नम्बर १२ निवासी शिवहरी सापकोटाले विभिन्न दाताहरुको सहकार्य र व्यक्तिगत खर्चमा ३ लाख बराबरको ट्रयाक सुट विद्यार्थीहरुलाई वितरण गरीएको हो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |