धादिङ,४ माघ
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १४ धुवाँकोटमा सातदिने व्यवसाय सचेतना तालिम सुरु भएको छ।नीलकण्ठ नगरपालिकाको आयोजनामा चालु आर्थिक बर्ष २०८०/०८१ मा कार्यान्वयन हुने गरी स्वीकृत भएको मेयर उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत तालिम सुरु गरीएको हो।पहिलो चरणको सात दिने तालिम लिएर व्यवसाय सुरु गर्नेहरुलाई नीलकण्ठ नगरपालिकाले २ लाख देखी १५ लाख सम्म सहुलियत कर्जा उपलब्ध गराउनेछ ।२ लाख सम्मको लागि बिना धितो र २ लाख भन्दा बढीको हकमा धितो राखेर कर्जा उपलब्ध गराईने नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले जानकारी दिनुभयो ।
सात दिने तालिम लिएकाहरुले व्यवासाय सन्चालन गर्नको लागि लिएको कर्जाको व्याज २ बर्ष सम्म नीलकण्ठ नगरपालिकाले भुक्तानी गर्ने सुवेदीले जानकारी दिनुभयो ।पुरुषको हकमा ५ प्रतिशत र महिलाको हकमा ६ प्रतिशत व्याज नगरपालिकाले तिर्ने गरी बैंक सँग सम्झौता गरीएको सुवेदीले बताउनुभयो। नगरबासीहरुलाई उद्यमी बनाउने उदेश्यले नीलकण्ठ नगरपालिकामा मेयर उद्यमशिलता कार्यक्रम सुरु भएको छ ।
यसअघी वडा नम्बर ३,१२,१,२ ,५ १० र ११ मा सात दिने तालिम सम्पन्न भईसकेको छ ।सात दिन सम्म विज्ञ व्यक्तीहरुबाट सहजिकरण गरिने नीलकण्ठ नगरपालिकाका सामाजिक परिचालन अधिृकत सम्झान भण्डारीले जानकारी दिनुभयो । नीलकण्ठ नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष नवराज दुवाडीको अध्यक्षतामा सुरु भएको तालिममा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा क्षमता विकास संयोजक शान्ता थापा,शिक्षा अधिकृत प्रकाशदत्त भट्ट,कार्यपालिका सदस्यहरु, मेयर भीम प्रसाद ढुंगानाका नीजि सचिव सरोज तिवारी,नीलकण्ठ नगरपालिकाका सामाजिक परिचालन अधिकृत तथास प्रशिक्षक सम्झना भण्डारीको आतिथ्यता रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |