धादिङबेशी । नेकपा एमाले धादिङको नवौ जिल्ला अधिबेशनबाट भुमी त्रिपाठीको प्यानल नै बिजयी भएका छन् । आज भएको बिद्युतिय भोटिङ बाट प्रतिस्पर्धीहरुलाई हराउँदै भुमी त्रिपाठीको प्यानलनै बिजयी भएको हो ।
निवर्तमान अध्यक्ष भूमि त्रिपाठीले ३०९ मतका साथ अध्यक्षमा पुन विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी रामकुमार अधिकारीले ७१ मत कमले पराजित भएका छन्, अर्थात २३८ मत ल्याएका छन् ।
त्यसैगरी उपाध्यक्षमा अर्जुन श्रेष्ठले ३१५ मत ल्यायी बिजयी भएका छन् । उनका प्रतिद्धन्दी रामकुमार आचार्य २३२ मत ल्याएका छन् । सचिबमा राधिका सापकोटा ३३८ ल्याई बिजयी हुँदा हरेराम लोहनीले २०९ मत मात्र प्राप्त गरेका छन् । महिला उप सचिवमा उर्मिला रेग्मीले ३५१ मत प्राप्त गरेकी छिन् । उनका प्रतिद्धन्दि खुपी कुमारी तामाङले १९६ मत ल्याएकी छिन् ।
खुल्ला उपसचिवमा भक्तबहादुर लामिछाने ३४८ मत प्राप्त गरि बिजयी भएका छन् भने काजी श्रेष्ठले १९९ मत प्राप्त गर्न सफल भएका छन् ।
आज सम्पन्न अधिवेशनले १ सय ५ सदस्यीय कमिटी र ७ सदस्यीय लेखा कमिटी निर्वाचित गरेको छ । जिल्ला कमिटीको ५५ जना सदस्य भने सर्वसम्मत निर्वाचित भएका थिए ।
दुई साताअघि आयोजित अधिवेशनको बन्द सत्रमा मतदानको प्रक्रिया प्रारम्भ अगावै दुई पक्षबीच भएको आरोप प्रत्यारोप र विवाद हात हालाहालको अवस्थामा पुगेपछि रोकिएको थियो । स्थगित अधिवेशन अस्तिदेखि थालिए पनि मतदान प्रक्रिया आज भएको हो । आज १५ वटा विद्युतीय मेशिनबाट मतदान गराइएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |