धादिङ,०३ फागुन ।
जिल्ला प्रशासन कार्यालय धादिङले असक्त, वृद्धवद्धा, अपाङ्गता भएकाहरुलाई घर घरमै पुगेर नागरिकता वितरण अभियान थालेको छ । बुधबार गजुरी गाउँपालिका–८ ठुलो बाङ्गेकी कान्छिमायाँ तामाङ, सुनिता गोले र नवराज थोक्रा तामाङ गरी तीन जनालाई घरमै पुगेर प्रशासनले नागरिकता वितरण गरेको हो ।
नागरिकता लिन योग्य तर प्रशासनसम्म पुग्न नसक्ने असक्त वृद्धवृद्धा, अपाङ्गता भएकाहरुलाई घर दैलोमै पुगेर नागरिकता दिने कामको सुरुवात गरिएको जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रले बताउनुभयो ।
नागरिकतासँगै राष्ट्रिय परिचयपत्रका काम पनि घरदैलोमै गरिदिने व्यवस्था मिलाएका ग्रैह्रेले बताउनुभयो । जिल्ला प्रशासनसम्म पुग्न नसक्ने जिल्लाका सबै असक्त, वृद्धवृद्धा, अपाङ्गता भएका र नागरिकता बनाउन योग्य नागरिकहरुलाई आगामी दिनमा पनि घरदैलोमै पुगेर नागरिकता वितरण गरिने प्रमुख जिल्ला अधिकारी गैह्रेको भनाइ छ ।
नागरिकता बनाउन सदरमुकाम सम्म लैजाने ठूलै प्रयास हुदा पनि नसकिएकोले घरमै नागरिकता वितरण गर्नुपरेको गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बताउनुभयो । पालिका भित्र अन्य वडामा पनि नागरिकता बनाउन बाँकी रहेकाहरुको विवरण संकलनको काम गरिरहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
नागरिकता पाएका उनीहरुलाई सरकारले दिने सामाजिक सुरक्षा भत्ता लगायत अन्य सेवा तथा सुविधा लिन सहज हुने वडा नम्बर ८ का वडाअध्यक्ष देवराज ओझाले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयसम्म जान नसक्ने ७४ वर्षिय कान्छिमायाँ तामाङ, ६९ बर्षीय सुनिता गोले र २४ बर्षीय नवराज थोक्रा तामाङ घरमै आएर नागरिकता बनाइदिएपछि उनी अहिले दङ्ग छिन् ।
घर छाड्न नसक्ने अति असक्त उनीहरुलाई जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेसहितको टोली घरमै पुगेर नागरिकता वितरण गरेपछि सरकारले दिने सेवा तथा सुविधा लिने बाटो खुलेको हो । घरमै आइ नागरिकता दिएर राष्ट्रिय परिचय पत्र बनाउने प्रक्रिया अघि बढाइदिएपछि उनीहरु दंग बनेका हुन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |