धादिङ,१५ फागुन
धादिङको बुढाथुम घर भई हाल बेल्जियममा व्यवसायी गर्दै आउनु भएका सफल व्यवसायी तथा समाजसेवी लोक दाहाल भरतपुर भ्रमण बर्ष २०२४ मुल समारोह समितिको सदस्यमा मनोनित हुनु भएको छ । गैर आवासीय नेपाली संघका पूर्व कोषाध्यक्ष लोक दाहाललाई “भरतपुर भ्रमण वर्ष २०२४” मूल समारोह समितिको सदस्यमा मनोनयन गरिएको हो।भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले उहाँलाई उक्त पदमा मनोनयन गर्नुभएको हो। नेपाल सहित अफ्रिका र युरोपका देशमा सामाजिक कार्य गर्दै आउनु भएका दाहाल सामाजिक क्षेत्रमा लाखौँ सहयोग गर्दै आईरहनुभएको छ । धादिङ सहित देशका विभिन्न जिल्लामा विद्यालय निर्माण,खानेपानी,मठ मन्दिर निर्माण,स्वास्थ्य उपचार तथा सामाग्री सहयोग गर्नुभएको छ ।
भरतपुर महानगरपालिकालाई उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा देश भित्र र अन्तरराष्ट्रिय क्षेत्रमा समेत पहिचान गराउने मूल उद्देश्यले “भरतपुर भ्रमण वर्ष २०२४” आयोजना गर्न लागिएको महानगर पालिकाले जानेको छ।आफुलाई मूल समारोह समितिको सदस्यमा मनोनयन गरिएकोमा दाहालले धन्यवाद ज्ञापन गर्दै आफुले सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । विविध सभ्यता, संस्कृति र सम्पदामा धनी भरतपुर महानगरपालिकाको पर्यटन प्रबर्द्धन गर्न व्यक्तिगत र संस्थागत रुपमा आफुले सक्दो सहयोग गर्ने बताउनुभयो । हाल आरके शर्मा नेतृत्वको गैर आवासीय नेपाली संघमा सचिव रहेका लोक दाहालले सन् २०२१ मा बेल्जियममा बसोबास गर्ने व्यवसायी तथा समाजसेवीहरुको चितवन भ्रमणको संयोजन गर्नुभएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |