धादिङ,१५ फागुन
नीलकण्ठ नगरपालिका वडा नम्बर १२ स्थितपशुपति माध्यमिक विद्यालय दामगाडे धादिङका कक्षा १० मा अध्ययनरत विद्यार्थी, अभिभावक र शिक्षक बिच अध्ययन सम्झौता गरिएको छ। बालबालिकाको पढाइलाई सहज भुमिका खेल्ने उदेश्य सहित सम्झौता पत्रमा हस्ताक्षर गरि वडा अध्यक्ष धर्मराज भण्डारी (राजकुमारं)ले जानकारी दिनुभयो । अध्ययन सम्झौता पत्रमा शिक्षक,बिद्यार्थी र उनका अभिभाबकको हस्ताक्षर गरीएको छ। बिद्यार्थी,अभिभाबक र शिक्षकहरु सङ्गै बसेर छलफल गरि कार्ययोजना निर्माण समेत गरिएको छ। नीलकण्ठ नगरपालिका शिक्षा अधिकृत प्रकाश दत्त भट्टको उपस्थितिमा अध्ययन सम्झौता भएको हो।
एसईई परीक्षा तयारी लेखन सिप सम्बन्धी १ दिने मनोसामाजिक परामर्श अभिमुखिकरण कार्यशालामा उक्त साम्झौता गरिएको हो । अभिमुखिकरण कार्यक्रमको नीलकण्ठ नगरपालिका शिक्षा शाखा प्रमुख प्रकाशदत्त भट्ट ,मनोसामाजीक मनोपरामर्शकर्ता रामकुमार थापाले गर्नुभएको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयराम भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा अध्यक्ष धर्मराज भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो।
बिधालयको शैक्षिक गुणस्तर वृद्धिको लागि अभिभाबक,बिद्यार्थी र शिक्षकरुलाइ मनोपरामर्स सेसन सन्चालन गरिएको वडा अध्यक्ष भण्डारीले बताउनुभयो। बालबालिकाको भाबनात्मक समस्या कम नभए सम्म शिक्षामा जति लगानी गरेपनी सुधार नआउने भन्दै अब बिधालयको बाताबरण,घरको बाताबरण सङ्गै बालबालिकाहरुमा गरिने ब्यबहारमा सुधार ल्याउनुपर्ने भन्डारीले बताउनु भयो। मनस्थिति परिबर्तन गरेमात्र परिस्थिति परिबर्तन हुने भन्दै माबी बिधालयहरुमा मनोपरामर्स सन्चालन गरिने पनि भण्डारीले बताउनुभयो।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |