धादिङबेशी । राष्ट्रसेवक कर्मचारीहरुलाई आयोजना गरिएको तनाव व्यवस्थापन तालिम धादिङबेशीमा सम्पन्न भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङको आयोजनामा सोमबारबाट सुरु भएको तालिम बिहिबार सम्पन्न भएको हो ।
मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने मूल मर्मका साथ सरकारी कार्यालयमा सेवा चुस्त बनाउन र कर्मचारीको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी तालिम आयोजना गरेको हो ।
उक्त तालिम उत्साह र अर्थपूर्ण रहेको सहभागीहरुले बताएका छन् । कर्मचारीको स्वास्थ्य अवस्थामा सकरात्मक प्रभाव पारेको धादिङका सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले बताउनुभयो ।
तनाव व्यवस्थापनले कार्यालयको सेवा प्रवाहमा सहयोग पुर्याउने उद्देश्यले योग, ध्यान र प्रवचनसहितको चार दिने प्रशिक्षण कार्यक्रम सुरु गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङका कार्यालय प्रमुख डाक्टर अमुल्य दाहालले बताउनुभयो । आयुर्वेद पद्धतिबाट तनाव व्यवस्थापन गर्ने तौर तरिकाहरुको बारेमा सिकाइएको उहाँले बताउनुभयो ।
कर्मचारीको स्वास्थ्य अवस्थामा सुधारसँगै कार्यालयले दिने सेवा प्रवाहमा पनि थप प्रभावकारी बन्ने अपेक्षा रहेको उहाँले भन्नुभयो । चारदिनसम्म सञ्चालन रहेको तनाव व्यवस्थापन तालिममा डाक्टर अमुल्य दाहाल र आनन्द गैह्रेले तनाव व्यवस्थापन सम्बन्धि प्रशिक्षण गर्नुभएको थियो । तालिममा धादिङमा रहेका सरकारी कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |