धादिङ,२८ फागुन
ज्वालामुखी गाउँपालिकामा जारी प्रथम ज्वालामुखी गाउँपालिका कप फुटबलको उपाधी वडा नम्बर ५ को बि टीमले जितेको छ । वडा नम्बर ६ को चित्रेपाखा खेलकुद मैदानमा आईतबार सम्पन्न भएको फाईनल प्रतियोगितामा वडा नम्बर ७ लाई १—० ले हराउदै उपाधी जितेको हो ।
फागुन २५ गतेदेखी सुरु भएको प्रतियोगितामा १५ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा वडा नम्बर ७ द्धितिय हुन सफल भएको छ । यसैगरी वडा नम्बर ४ तृतीय हुन सफल भएको छ ।
प्रतियोगितामा प्रथम भएको वडा नम्बर ५ को टीमलाई नगद १ लाख ५ हजार सहित ट्रफि,मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरीएको छ ।यसैगरी द्धितीय हुन सफल भएको वडा नम्बर ७ ले नगद ७५ हजार र तृतिय हुन सफल भएको वडा नम्बर ४ ले नगद ४० हजार रुपैँया सहित ट्रफि,मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरीएको छ । प्रतियोगिता उत्कृष्ट गोल किपर वडा नम्बर ५ का डेनिस भण्डारी,सर्वातिक गोलकर्ता वडा नम्बर ५ का सन्देश तामाङ र उत्कृष्ट खेलाडी वडा नम्बर ७ का ईन्द्र थापालाई नगद ८—८ हजार सहित प्रमाणपत्रबाट पुरस्कृत गरीएको छ।प्रतियोगिताको समापन समारोहमा बोल्नुहुँदै ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले लुकेर रहेको प्रतिभालाई प्रफुस्टन गराउने उदेश्यले प्रतियोगिताको आयोजना गरीएको बताउनुभयो ।
खेलकुदको काध्यमबाट गाउँपालिकाको नाम राख्ने उदेश्यले आयोजना गरीएको प्रतियोगिता सफलता रुपमा सम्पन्न भएको भन्दै सहभागी सम्पुर्ण टिमलाई धन्यवाद दिनुभएको छ । आगामी आर्थिक वर्षमा अन्तरपालिका, अन्तर स्थानिय तह स्तरको बिचमा पनि यस्तै प्रतियोगिता गरेर अग्रस्थान हासिल गर्ने गरी प्रतिस्पर्धा गर्नको लागि आग्रह गर्नुभएको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |