धादिङ,३० फागुन
स्थानीय विवाद निरुपणका लागि मेलमिलापकर्ताहरुको भुमिका महत्वपुर्ण हुने नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाले बताउनुभएको छ । अहंकार (इगो) का कारण विवाद जटिल अवस्थामा पुग्ने भन्दै दुवै पक्षलाई बुझाएर विवाद घटाउने काममा मेलमिलापकर्ताको भुमिका बढी हुने समेत बताउनुभयो ।स्वास्थ्य स्वयंमसेविकाले जसरी घरघरमै गएर स्वास्थ्य सम्बन्धी जानकारी दिए जस्तै मेलमिलापकर्ताहरुले पनि विश्वासका साथ विवाद निरुपण गर्नको लागि निर्देशन दिनुभएको छ ।
नीलकण्ठ नगरपालिकाको आयोजनामा आजदेखी सुरु भएको तीन दिने मेलमिलापकर्ताहरुका लागि मेलमिलाप सम्बन्धी ३ दिने पुर्नताजगी तालिम उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुदै मेयर ढुंगानाले सो कुरा बताउनु भएको हो । मेलमिलापकर्ताहरुमा विवादको गाँठो फुकाउन सक्ने क्षमता हुनुपर्ने मेयर ढुंगानाले बताउनुभयो । विवादलाई वडामा समाधान गर्नु भनेको नागरिकको समय बचाइदिनु हो भन्दै उहाँले मेलमिलापकर्ताहरुले विश्वासपुर्ण ढंगबाट काम गर्नुपर्ने बताउनुभयो। राष्ट्रिय स्तरको प्रशिक्षकहरुबाट सहजिकरण हुने भन्दै उहाँले तालिममा ध्यान दिएर सिक्नको आग्रह गर्नुभएको छ ।
तालिममा उप प्रमुख दिपक विश्वकर्माले सानातिना कुराबाट विवाद सुरु हुने भन्दै त्यसको कारण थाहा पाएर विवाद ठूलो भए पनि कारण सानो रहेछ भन्ने पक्ष विपक्षलाई अनुभूति गराउन मेलमिलापककर्ताहरुले भुमिका खेल्नुपर्ने बताउनुभयो । यसैगरी तालिममा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले विवाद निरुपण गर्दा रीति, थिति, विधि र प्रक्रिया पूरा गराउनु पर्ने बताउनुभयो। उहाँले भन्नुभयो‘मेलमिलापकर्ताहरुले पक्ष विपक्षको गोपनीयता राख्नु पर्ने, आफूलाई आर्थिक लाभबाट प्रभावित गर्नु नहुने, एकको कुरा अर्कालाई सुनाउनु नहुने जस्ता आचरण पालना गर्नुपर्छ ।’
नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला न्यायधिस गोपाल बास्तोला,सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुली,प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी,प्रहरी उपरिक्षक गौतम कुमार केसी,जिल्ला न्यायाधिवक्ता दशरथ पंगेनी,न्यायिक समितिका पदाधिकारी लगायतको आतिथ्यता रहेको थियो । ३ दिन सम्म सन्चालन हुने तालिममा पुर्व सचिव,प्रशासकीय अदालतका पुर्व न्यायधिस काशिराज दाहाल, प्रशिक्षक महेन्द्र लम्साल र कविता तिवारी लगायतले सहजिकरण गर्ने नीलकण्ठ नगरपािलकाका शाखा अधिकृत लोकनाथ उपाध्यायले जानकारी दिनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |