धादिङ,१ चैत्र
शिक्षा क्षेत्रमा भएका कामहरुको समिक्षा गर्न र आगामी बर्षको कार्ययोजना बनाउने बेनिघाट रोराङ गाउँपालिकामा प्रधानाध्यापककहरुको बैठक सम्पन्न भएको छ । चाईल्ड फण्ड जापानको आर्थिक साझेदारीमा प्रयास नेपाल धादिङले बेनिघाट रोराङ गाउँपालिकाको समन्वयमा शिक्षामा पहुँच सुनिश्चितता परियोजना (सेफ) लागु भएका वडाका १९ जना प्रधानाध्यापकहरुको सहभागिता बैठक सम्पन्न भएको हो ।
।शिक्षामा पहुँच सुनिश्चितता परियोजना कार्यक्षेत्र भित्र परियोजना अन्तर्गत भइरहेका गतिविधिहरुको समिक्षा तथा आगामी वर्षको कार्ययोजनाबारेमा जानकारी गराईएको परियोजनाका व्यवस्थापक केशब सिग्देलले बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया,उपाध्यक्ष टाप बहादुर श्रेष्ठ,प्रमुख प्रसाशकिय अधिकृत नर्बदा घिमिरे, शिक्षा अधिकृत बोधराज पाठक,प्रयास नेपालका उपाध्यक्ष उषा बि.क, प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल, चाईल्ड फण्ड जापानका एरिया म्यानेजर दल बहादुर सुनार लगायत विभिन्न विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो ।कार्यक्रममा प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले विद्यालयमा परियोजना लागु भएपछि थालनी गरिएका असल अभ्यासहरु तथा चुनौतीहरुका बारेमा सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरुसगं छलफल गर्नुभएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |