धादिङ्ग,२ चैत
धादिङ्गको सिद्धलेक गाउँपालिका वडा नम्बर ६ मा एक बर्षमा ९ जना शिशुको जन्म भएको छ ।चितवन मेडिकल कलेजका जनस्वास्थ्य संकाय दोस्रो बर्ष अध्ययन गर्ने विद्यार्थीहरुले गरेको अध्ययनले उक्त तथ्य सार्वजनिक गरेको हो ।चितवन मेडिकल कलेजका विद्यार्थीहरुले वडा भित्रका ५०२ घरमा गरेको घरधुरी सर्वेक्षणमा एक बर्ष भित्रमा वडा भित्र जम्मा ९ जना शिशुको मात्र जन्म भएको तथ्यांक संकलन गरेको हो ।
जनस्वास्थ्य संकाय दोस्रो बर्ष अध्ययन गर्ने विद्यार्थीहरुले सामुदायिक स्वास्थ्य निरुपणको अन्तिम प्रस्तुती प्रस्तुत गर्दै वडा भित्रको स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराईएको विद्यार्थी प्रवास गोतामेले जानकारी दिनुभयो।सिद्धलेक गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष शुरेन्द्र कुमार मगको अध्यक्षतामा विद्यार्थीहरुले सामुदायिक स्वास्थ्य निरुपणको अन्तिम प्रस्तुती प्रस्तुत गर्नुभएको हो ।
विवाह हुने उमेका युवाहरु विदेश पलायन भएको कारणले जन्मदर घटेको हो । विद्यार्थीहरुले एक महिना लगाएर ५०२ घरधुरीमा घरको अवस्था,बच्चाको अवस्था,रोगको अवस्था,मातृशिशुको अवस्था,सर्ने रोग नसर्ने रोगको बारेमा सचेतना भए नभएको,सरसफाई लगायत विभिन्न विषयबस्तुमा रहेर सर्वेक्षण गरीएको प्रवास गोतामेले जानकारी दिनुभयो।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |