धादिङ,३ चैत ।
भरतपुर भ्रमण बर्ष २०२४ लाई सफल बनाउनको लागि भरतपुर महानगर पालिकाका मेयर रेनुु दाहाल युरोप भ्रमणमा जानुभएको छ।२ लाख विदेशी र ५ लाख नेपाली भरतपुर भित्राउने उदेश्य रहेको मेयर दाहालले बताउनु भएको छ । मेयर दाहालले युरोपका बेल्जियम,स्पेन र फ्रान्सका विभिन्न शहरहरुमा भएको कार्यक्रममा सहभागी भई भरतपुर भ्रमण गर्नको लागि निमन्त्रण गर्नुभएको भरतपुर भ्रमण बर्ष २०२४ मुल समारोह समितिका सदस्य तथा सफल व्यवसायी लोक प्रसाद दाहालले जानकारी दिनुभयो ।
मेयर दाहालले फ्रान्सका राजदुत सुधिर भट्टराई,बेल्जियका राजदुत गहेन्द्र राज भण्डारी र स्पेनका राजदुत शर्मीला ढकाल पराजुलीसँग पनि भेट गर्नुभएको छ । युरोपका देशहरुमा भरतपुर भ्रमण बर्षको प्रचार प्रसार गर्न र भरतपुरको महत्वपुर्ण घुम्ने स्थानहरुको बारेमा जानकारी गराउन समेत आग्रह गर्नुभएको छ । साथै उहाँले युरोपका विभिन्न नगरपालिकाका मेयरहरुसँग भेट गरी भरतपुर भ्रमण बर्ष २०२४ को निमन्त्रण गर्नुभएको छ । उत्कृष्ट मेयर अवार्ड लिन युके जानु भएका मेयर दाहाल अवार्ड लिएर सिधै युरोप प्रस्थान गर्नुभएको हो । युरोपमा भएका विभिन्न संघ संस्थाले गरेको कार्यक्रममा मेयर दाहाल सहभागी हुनुभएको एनआरएनएका सचिव तथा व्यवसायी लोक प्रसाद दाहालले जानकारी दिनुभयो । मेयर दाहालले एक पटक भरतपुरमा भएका विकास सँगै भरतपुरका घुम्न लायक धेरै स्थानहरुको भ्रमण गर्नको लागि आग्रह गर्नुभएको छ ।
कृषि, सहकारी, उद्योग, पर्यटनजस्ता क्षेत्रहरूलाई आर्थिक विकासको आधार बनाएर निरन्तर आर्थिक समृद्धि हासिल गरिरहेको यस महानगरपालिकामा पार्क, संग्रहालय, विमानस्थल, रिङरोड, लिंकरोड, हुलाकीमार्ग, पूर्व–पश्चिम राजमार्ग, होटल, रिसोर्टजस्ता पर्यटन विकासका लागि प्रशस्त पूर्वाधारहरू रहेको दाहालले बताउनु भएको छ । क्याट युके,क्याट बेल्जियम फ्रान्सका नेपाली समुदाय,बिभिन्न देशमा रहेका नेपाली समुदायसँग भेटघाट गर्नुभएको छ । मार्च १७ र १८ मा हुन गईरहेको जनप्रगतिशील मन्चको युरोप भेलामा प्रमुख अतिथी हुन मेयर दाहाल आजै स्पेनको बार्सीलोना प्रस्थान गर्नुभएको एनआरएनए सचिव दाहालले जानकारी दिनुभयो । मार्च १८ मा बार्सीलोनाको मेयर संग भेटघाट गरी भरतपुर भ्रमण बर्ष २०२४ को निमन्त्रण गर्ने कार्यक्रम तय भएको छ ।
यी हुन् भरतपुरका प्रमुख पर्यटकीय गन्तव्यहरू
भरतपुर महानगरपालिकाले २५ वटा गन्तव्यलाई प्रमुख पर्यटकीय गन्तव्यका रुपमा अघि सारेको छ । निकुञ्ज, विभिन्न सामुदायिक वन, धार्मिक तथा सांस्कृतिक क्षेत्रलाई समेटेर गन्तव्य रुपमा राखेको छ। प्रमुख पर्यटकीय गन्तव्यमा मेघौलीलाई पहिलो स्थानमा राखिएको छ। चौबिसकोठीबाट २५ किलोमिटर पश्चिममा रहेको मेघौली जङ्गल सफारीसँगै विभिन्न जात जातिका सांस्कृतिक प्रस्तुति तथा गोलाघाटबाट सूर्य अवलोकन गर्न सकिन्छ। दोस्रो नम्बरमा पटिहानीलाई राखिएको छ। त्यसैगरी देवघाट, बिस हजार ताल, नारायणी रिभर बिच, चौकीडाँडा, ज्ञानेश्वर ब्लक, जगतपुर, राइनो कुञ्ज, बाटुली पोखरी, कसरा, गोलाघाट, बागेश्वरी रहेका छन्। त्यस्तै महानगरले भरतपुर ११ को गणेशधाम, बी.पी. शान्ति नगर वन, गाँजीपुर, सिमरी टाउन, महाबौद्ध गुम्बा, राइनो ताल, धनगढी मन्दिर, चितवन प्रदर्शनी केन्द्र, बखान बहुउद्देश्य सहकारी संस्था, रानी पोखरी, प्राङ्गारिक कृषि उत्पादन सहकारी संस्था, संयुक्त राप्ती दुन सामुदायिक वन क्षेत्रलाई समावेश गरेको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |