धादिङबेशी । विश्व सर्वेक्षणकर्ता दिवसको अवसरमा देउराली माध्यामिक विद्यालय प्राविधिक शिक्षालयमा सरसफाई तथा नेपालमा जियोम्याटिक्स इन्जिनियरिङको दायरा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा नेपालमा जियोम्याटिक्स इन्जिनियरिङको दायरा सम्बन्धि विधालयका शिक्षक ई प्रकाश गिरीले सहजीकरण गर्नुभएको थियो । त्यसैगरी कार्यक्रममा देउराली माध्यामिक विद्यालयका प्रधानाध्यापक खिल बहादुर धमलाले विधार्थीहरुलाई शुभकामना प्रदान गर्नुभएको थियो । विद्यालयका शिक्षक विष्णु प्रसाद अधिकारीले सर्वेक्षण र सर्वेक्षणकर्ताको महत्व बारे प्रष्ट पार्नुभयोे ।
त्यस्तै विधालयका व्यवस्थापन समितिका सदस्य रामकृष्ण श्रेष्ठले विधार्थीलाई शुभकामना प्रदान गर्दै प्राविधिक शिक्षाको महत्व दिनानुदिन बढ्दै गएको बताउनु भयो ।
त्यसैगरी धादिङबेशी स्थित नीलकण्ठ माध्यामिक विद्यालयमा शिक्षक रोजन श्रेष्ठले विश्व सर्वेक्षणकर्ताको महत्व बारे जानकारी गराई विश्व सर्वेक्षणकर्ता दिवस मनाईएको देउराली माध्यामिक विद्यालय प्राविधिक शिक्षालयमा अध्ययनरत इन्जिनियरिङका विद्यार्थी दिवाकर लम्सालले जानकारी दिनु भयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |