धादिङ,२५ चैत्र ।
विश्व स्वास्थ्य दिवसको अवसरमा धादिङ अस्पतालमा भर्ना भएका बिरामीलाई फलफूल वितरण गरिएको छ । जनस्वास्थ्य कार्यालय धादिङको आयोजना र धादिङ अस्पतालको समन्वयमा बिरामीहरुलाई फलफूल वितरण गरिएको हो ।
मेरो स्वास्थ्य, मेरो अधिकार भन्ने नाराका साथ अस्पतालमा भर्ना भएको सम्पुर्ण बिरामीहरुको स्वास्थ्य लाभको कामनाको लागि फलफूल वितरण गरिएको जनस्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य निरिक्षक तोयानाथ छत्कुलीले जानकारी दिनुभयो ।
फलफूल वितरण कार्यक्रममा संघीय सांसद रामनाथ अधिकारी, जनस्वास्थ्य निरीक्षक तोयानाथ छत्कुली, धादिङ अस्पतालका डा दिनेश रेग्मी लगायतको उपस्थिति रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |