धादिङ,२६ चैत
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले धादिङको विकासको लागि सबै एकजुट हुनुपर्ने बताउनु भएको छ । जिल्ला समन्वय समितिको आयोजनामा सोमबारदेखि सुरु भएको दोस्रो चौमाशिक प्रगती समिक्षा कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले जिल्लाको विकासको लागि तिन वटै सरकारबिच समन्वय हुनुपर्ने बताउनुभयो । आफु जनताको काम गर्न राजनीतिमा आएको भन्दै उहाँले आफ्नो पालामा नागरिकहरुले अनुभुति हुनेगरी काम गर्ने बताउनुभयो ।
आफ्नो मन्त्रालयबाट श्रमिकहरुको पक्षमा केहिन केहि नयाँ काम गर्ने भन्दै उहाँले बैदेशिक रोजगारलाई रोक्न नसकेपनि व्यवस्थित बनाउन भने सकिने बताउनुभयो । जिल्लामा खानेपानीको समस्या अहिले पनि रहेको भन्दै उहाँले खानेपानीको क्षेत्रमा गम्भिर भएर काम गर्नुपर्ने बताउनुभयो । पृथ्वीराजमार्गमा हुने दुर्घटना न्युनीकरणको लागि आफुले गृहमन्त्रीलाई आग्रह गरेर धादिङ र चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत प्रहरीसँग छलफल गरेको बताउनुभयो ।
आफुले समावेशी,समानुपातिक र विरोध रहित तरिकाले काम गर्ने भन्दै उहाँले जिल्लाको विकासको लागि साथ दिने आफु तयार रहेको बताउनुभयो । आफु चर्चा कमाउन,हाईहाई हुन भन्दा पनि जनताहरुको पक्षमा काम गर्न आएको मन्त्री अर्यालले बताउनुभयो । कार्यक्रममा संघीय सांसद रामनाथ अधिकारी,नेपाल नगरपालिका संघका अध्यक्ष एवं नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा पालिका प्रमुख,उप -प्रमुख, प्रमुख प्रशासकिय अधिकृत,जिल्ला स्थित सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
जिल्ला समन्वय समितिको आयोजनामा संचालन भएको धादिङको बिकास निर्माण संग सम्बन्धित संघिय प्रादेशिक कार्यालय र स्थानिय तहको दोस्रो चौमासिक समिक्षा कार्यक्रम मंगलबार सम्म संचालन हुने छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |