धादिङ,११ बैशाख
वित्तीय साक्षरता कार्यक्रमलाई गाउँगाउँमा लैजाने नीलकण्ठ नगरपालिकाका उप मेयर दिपक विश्वकर्माले बताउनुभएको छ । वित्तीय अनुशासन बनाउन र आम्दानी, खर्च, ऋणको लेखाजोखा गरेर कारोबार गर्न सक्नेगरी नगरपालिका भित्रका नागकिरहरुलाई सचेत गराईने बताउनुभयो ।परियोजना शुभारम्भ तथा समन्वयन बैठकलाई धादिङबेसीमा सम्बोधन गर्नुहुदै उहाँले सो कुरा बताउनु भएको हो ।कार्यक्रम सन्चालन गरेर नागरिकहरुलाई आर्थिक सक्षमता बनाउनु पहिले बित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।
नीलकण्ठ नगरपालिकाले आगामी दिनमा विभिन्न पेशा,व्यावसाय गर्ने वा आर्थिक कारोबार गर्ने व्यक्तिहरुलाई वित्तीय अनुशासनको विषयमा जानकारी गराउने लक्ष्य रहेको बताउनुभयो ।पैसा भएर मात्र नहुने भन्दै उहाँले त्यसको सहि सदुपयोग गर्नु थप चुनौती भएको बताउनुभयो । बैदेशिक रोजगारीमा गएका परिवारलाइलाई मात्रै सन्चालन हुदै आएको वित्तीय साक्षरता कक्षा अव समुदायका नागरिकहरुलाई समेत प्रदान गरिने बताउनुभयो ।
ग्रामिणमुखी युवा अभियान(रोयम) नेपालले धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ५ र नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ५ मा महिला दलित तथा सिमान्तकृत समुदायको आर्थिक सामाजिक शशक्तिकरण कार्यक्रमको सुभारम्भ गरेको छ ।परम्परागत खाद्यन्न बालीमा आधारित प्रणालिलाई परिमार्जन गर्दै आयआर्जनका स्रोतहरुको बैकल्पिक व्यवस्थाद्वारा आयआर्जनमा बृद्धि गर्ने,श्रमता अभिबृद्धि तथा रुपान्तरित नेतृत्वका कार्यक्रमहरुको माध्यमबाट महिला दलित तथा सिमान्तकृत समुदायको नेतृत्वदायि तथा निर्णायक तहमा पहँुच अभिबृद्धि गर्ने, महिलाहरुको पैरवि क्षमतामा सबलिकरण गरि सामुदायिक विकासमा गतिविधिहरुमा सहभागि अभिबृद्धि गर्ने लगायतको उदेश्यले कार्यक्रम सुभारम्भ भएको हो ।
नीलकण्ठ नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उपमेयर दिपक विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो ।सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीको विशेष आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो । तीन बर्ष सम्म सन्चालन हुने परियोजनाले महिलाको लागि आयआर्जन मुलक व्यवासायिक तथा सिप मुलक तालिम,उद्यमशिलता र विकास तालिम,सामुहिक खेती तथा जिविकोपार्जनको गतिविधिहरु,कृषि सामाग्रीहरु तथा प्रविधि सहयोग हस्तान्तरण ,वित्तिय साक्षरता,बजारिकरणको लागि कार्यशाला,सहकारी व्यवस्थापन तालिम सम्बन्धी कामहरु गर्ने बिजय तामाङले जानकारी दिनुभयो । सन २०२६ सम्म सन्चालन हुने परियोजनाको कुल बजेट १ करोड,२७ लाख,७३ हजार ९०० सय रहेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |