धादिङ, २२ बैशाख
धादिङको थाक्रे गाउँपालिका स्थित जनजागृती माध्यमिक विद्यालयमा आज एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जनजागृती माध्यमिक विद्यालयको व्यवस्थापनमा सम्पन्न भएको शिविरमा थाक्रे गाउँपालिका,तिलगंगा अस्पताल र फ्रन्ट लाईन हस्पीटल पुरानो बानेश्वरको सहयोग रहेको थियो । शिविरबाट ६६९ जना लाभान्वित भएका सामाजिक अभियन्ता गोकर्ण रुपाखेतीले जानकारी दिनुभयो । शिविरमा १ सय ८३ जनाको आँखाको परिक्षण,१४० जनाले जनरल फेजिसियन सेवा लिएका छन्, यसैगरी शिविरमा ५२ जनाको दाँतको परिक्षण,१०१ जनाले महिला सम्बन्धी रोगको उपचार गराएका छन् । शिविरमा निशुल्क औषधी समेत वितरण गरीएको थियो । आँखाको परिक्षण गराएका मध्ये ३३ जनाको आँखाको अप्रेशन गर्नुपर्ने देखीएको छ । आँखाको अप्रेशन गर्नुपर्नेको लागि निशुुल्क गरिने रुपाखेतीलेब ताउनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |