गङ्गाजमुना । धादिङको गङ्गाजमुना गाउँपालिकाको एकीकृत घुम्ती शिविर सुभारम्भ गरिएको छ । शुक्रबार वडा नं. १, ताजिम्राङबाट एकीकृत घुम्ती शिविर शुभारम्भ भएको हो । गाउँपालिकाले प्रकाशित गरेको सूचना अनुसार प्रत्येक वडामा उक्त शिविर सञ्चालन हुँदै छ ।
शिविरको पहिलो दिन कृषि तर्फ माटो परीक्षण र अन्य परामर्श सेवा प्रदान भएको गरिएको छ । पशु सेवा तर्फ गोबर परीक्षण, बोका बन्ध्याकरण र चेकजाँच गर्दा आवश्यकता अनुसार औषधी वितरण गरिएको छ । त्यस्तै व्यवसाय दर्ता (७ वटा) र नवीकरण (३ वटा) भएका छन् भने सामाजिक सुरक्षा तथा पञ्जीकरण सम्बन्धी विभिन्न (व्यक्तिगत घट्ना दर्ता, अपाङ्गता परिचय पत्र वितरण) विषयहरूमा परामर्श प्रदान भएको छ । त्यस्तै स्वास्थ्य तर्फ १४४ जनाको चेकजाँच भएको छ ।
चेकजाँचमा जिल्ला अस्पताल र गाउँपालिकाबाट गएका विषयविज्ञ मेडिकल अधिकृतहरू डेण्टल समेत गरी ५ जना, स्वास्थ्य शाखा प्रतिनिधिहरू, आयुर्वेद तर्फका आयुर्वेद चिकित्सक सहित ४ जना, आँखा तर्फमा अप्टोमेट्रिस्ट सहित २ जना सहितको टिम परिचालन भएको छ । उक्त शिविरमा चेकजाँच गर्दा अधिकांश व्यक्तिहरूको उच्च रक्तचाप, मधुमेह तथा हाडजोर्नी सम्बन्धी समस्या देखिएको छ भने आँखा चेकजाँच गर्दा दृष्टिदोष र मोतियाबिन्दुको समस्या समेत देखिएको छ ।
स्थानीय शिविरमा पुगेका नागरिकले यस्तो शिविरले वडावासीलाई धेरै राहत दिएको हुनाले गाउँपालिकालाई धन्यवाद दिंदै आगामी दिनमा समेत यस्तो शिविर कार्यक्रम गर्नुपर्ने बताएका छन् ।
एकीकृत घुम्ती शिविर कार्यक्रम स्थानीय नागरिकलाई गाउँपालिकाबाट प्राप्त गर्ने सेवालाई वडामै पुगेर प्रदान गर्ने र कतिपय स्वास्थ्य सम्बन्धी विशेष सेवाहरू लिन धादिङवेशी र काठमाण्डौ जानुपर्ने बाध्यताको अन्त्य गरी गाउँपालिकाको आम नागरिकको स्वास्थ्य अवस्था पत्ता लगाई स्वास्थ्योपचार गराउन समेत फलदायी हुने हुँदा उक्त कार्यक्रम आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत अनिल श्रेष्ठले बताउनु भयो ।
कार्यक्रमका केहि तस्विरहरु
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |