धादिङबेशी । धादिङको ज्वालामुखी गाउँपालिकाले बजार अनुगमनलाई तिव्रता दिएको छ । सोमबार देखि दोस्रो चरणमा बजार अनुगमन सुरु गरि बजार अनुगमनलाई तिव्रता दिएको हो ।
सोमबार ज्वालामुखी गाउँपालिकाको वडा नम्बर २ र ५ का बजार क्षेत्रहरुमा बजार अनुगमन गरिएको छ । गाउँपालिका भित्र भित्रिने खाद्य वस्तुहरुको गुणस्तर,परिमाण र त्यसले सेवा ग्राहीमा पार्ने प्रभावहरुलाई अनुकुल बनाउनुका साथै अखाद्य वस्तुहरुको उपभोगलाई निरुत्साहित गर्नको लागि पालिकाले बजार अनुगमनलाई तीव्रता दिएको हो ।
अनुगमनको क्रममा खाद्यन्न तथा किराना पसल, होटल, फेन्सी पसल, तरकारी, फलफूल, मासु, मिठाई पसल, डेरी फार्मेसिहरुको दर्ता, नविकरण, गुणस्तर, आपूर्ति, मुल्य, नापतौलको परिक्षण गर्नुका साथै केही म्याद जुग्रेका खाद्यन्न तथा पेय पदार्थहरु जफत गरिएको छ ।
त्यसैगरी बजार अनुगमनको क्रममा मूल्य सूची, साइनबोर्ड, व्यवसायदर्ता तथा नविकरण लगायतका नियमहरु पुरा नगरेका पसलहरुलाई तत्काल पालिकामा उपस्थित भई निर्देशन पालना गर्न आग्रह गरिएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |