धादिङ,१० जेठ
धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा एक महिने ढाका बुनाई तालिम समपन्न भएको छ ।उपाध्यक्ष महिला सशक्तिकरण कार्यक्रम अन्तरगत सन्चालन भएको एक महिने तालिमको आज समापन गरीएको हो ।गाउँपालिकाका उपाध्यक्ष सिता चोदेनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मेधनाथ रिजालको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरेराम शाह,शाखा प्रमुख लगायत सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउने उदेश्यले तालिम सन्चालन गरीएको अध्यक्ष मेधनाथ रिजालले बताउनुभयो।पालिकाले गाउँमै स्वरोजगारी बनाउने उदेश्यले विभिन्न तालिमहरु सन्चालन गरीरहेको बताउनुभयो। यसैगरी गाउँपालिकाका उपाध्यक्ष सिता चोदेनले महिलाहरुको शसक्तिकरणहरुको लागी गाउँपालिकाले महिला लक्षित विभिन्न कार्यक्रमहरु सन्चालन गरीरहेको बताउनुभयो ।
महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउन सके महिला माथि हिंसा पनि कम हुने भन्दै आफुले महिलाहरुको शसक्तिकरणको लागि काम गरीरहेको बताउनुभयो ।घरायसी काममा मात्र नभई आयआर्जनको क्षेत्रमा पनि महिलाहरु अघि बढ्नुपर्ने चोदेनले बताउनुभयो । यस्ता सिप मुलक तालिमले महिलाहरुको जिविकोपार्जनमा महत्वपुर्ण भुमिका खेल्ने उपाध्यक्ष सिता चोदेनले बताउनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |