धादिङ,११ जेठ
नीलकण्ठ नगरपालिका वडा नम्बर ३ सिरान बजारमा भासिएको सडक निर्माण हुने भएको छ ।लामो समयदेखी निर्माण हुन नसकेको उक्त सकड अब भन्ने बन्ने भएको छ ।नीलकण्ठ नगरपालिकाका नगर प्रमुख तथा नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगानाको पहलमा काम सुरु हुने भएको हो ।
नगरप्रमुख ढुंगानाको पहलमा सडक बोर्ड नेपालबाट बजेट विनियोजन भएको छ ।डिभिजन सडक नुवाकोटबाट कार्यान्वयन हुने गरि चालू आर्थिक बर्षमा काम हुने गरि १ करोड १२ लाख बजेट विनियोजन भएको छ ।सडक भासिएपछि त्यस क्षेत्रका नागरिकहरु चिन्तित बनेका थिए ।
अब उक्त सडक बन्ने भएपछि त्यस क्षेत्रका नागरिकहरु खुसि भएका छन् । आफु सडक बोर्डमा भएको कारणले गर्दा निर्णय गर्न सहज भएको मेयर ढुंगानाले नीलकण्ठ एफएमलाई बताउनुभयो । थोरै पैसाले सम्पन्न गर्न नसक्ने भएको कारणले आफुले सडक बोर्ड मार्फत बिनियोजित गरेको बताउनुभयो । नीलकण्ठ नगरपालिका बजार क्षेत्रका सडकहरु सडक बोर्डबाट बजेट ल्याएर सम्पन्न गरेको बताउनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |