धादिङ,१३ जेठ
धादिङको नीलकण्ठ नगरपालिकामा युवा सँग उप–प्रमुख कार्यक्रमको शुभारम्भ भएको छ।आईतबार एक कार्यक्रमको आयोजना गरी प्रकाश माध्यमिक विद्यालयबाट कार्यक्रमको शुभारम्भ गरीएको हो।युवाहरुलाई करियर परामर्श,नेतृत्व विकास तथा युवा सचेतना गराउने उदेश्यले कार्यक्रमको शुभारम्भ गरीएको उप प्रमुख दिपक विश्वकर्माले जानकारी दिनुभयो ।कक्षा,१०,११,१२ र ४० बर्ष मुनिका युवाहरुलाई सहभागिता गराई नगरपालिका भित्रका २० स्थानमा कार्यक्रम सन्चालन गरीने उप प्रमुख विश्वकर्माले बताउनुभयो ।नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी मकेन्द्र मिश्रको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रशासन शाखा प्रमुख लोकनाथ उपाध्याय,प्रकाश माविका प्रधानाध्यापक शंकर अधिकारी,वडा सदस्यहरु प्रेक्षा तामाङ,तेजलाल तामाङ, परिवर्तन अभियान नेपालका विकास थापा,अमिशा धिमाल,पार्वती लामा र नीलकण्ठ नगरपालिकाका मनोपरामर्शकर्ता रामकुमार थापाको आतिथ्यता रहेको थियो ।कार्यक्रमलाई सम्बोधन गर्नुहदै नगर उप–प्रमुख दिपक विश्वकर्माले देश विकासमा युवाहरुको महत्वपुर्ण भुमिका रहने भन्दै उहाँले युवाहरुमा जोश,जांगर र उत्प्रेरणा हुनुपर्ने बताउनुभो।
देशको राजनीति परिवर्तनमा युवाहरुको महत्वपुर्ण भुमिका रहेको भन्दै उहाँले युवाहरुलाई हरेश नखाई आफ्नो गन्तव्यमा अघि बढ्नको लागि आग्रह गर्नुभयो ।सहभागीहरुलाई करियर परामर्श,मनोपरामर्श,नेतृत्व विकास र युवा सचेतना लगायतको विषयमा प्रशिक्षकहरु विकाश थापा,अमिशा धिमाल र पार्वती लामाले सहजिकरण गर्नुृभएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |