धादिङ,१ असार
नीलकण्ठ नगरपालिकाको दोस्रो नगरसभाको पाँचौ अधिवेशन आज शनिवार सम्पन्न भएको छ । नीलकण्ठ नगरपाािलकाले आर्थिक बर्ष ०८१/०८२ को लागी नीति तथा कार्यक्रम सावजनिक गरेको छ ।शनिबार नीलकण्ठ नगरपालिकाले दोस्रो नगर सभाको पाँचौ अधिबेशन आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम पारित गरेको हो । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर पालिकाका नगर प्रमुख भीम प्रसाद ढुंगानाले कक्षा १२ सम्मको शिक्षा निशुल्क गर्ने महत्वपुर्ण निर्णय गरेको बताउनुभयो ।नीलकलण्ठ नगरपालिकाको गौरबको योजनाहरुलाई निरन्तरता दिदै शिक्षा र स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राखेको बताउनुभयो ।
नगर सभामा नगर प्रमुख भीम प्रसाद ढुङ्गानाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम नगरसभाबाट पास गरिएको छ ।दोस्रो नगरसभाको पांचौ अधिबेशनमा नगर उप प्रमुख दिपक बिश्वकर्माले आगामी आर्थिक बर्षको अनुमानित बजेट पेश गर्नु भएको छ । उहाँले आगामी आर्थिक बर्षको लागि एक अरब उन्नाईस करोड एक हजार चार सय अनुमानित बजेट बिनियोजन गर्नुभएको छ ।बजेट पछि पास गर्ने गरी नगर सभा सम्पन्न भएको छ ।
समानिकरण अनुदानमा एक्काईस करोड एकाईस लाख पैतालिस हजार,संघ सर्शत अनुदान छयालिस करोड पचहत्तर लाख साठ्ठी हजार रुपैँया,संघ समपुरक अनुदान एक करोड चालिस लाख,संघ राजस्व बाँडफाँड चौध करोड नब्बे लाख रुपैँया,प्रदेश समानिकरण अनुदान दुई करोड अढ्तिस लाख बहत्तर हजार रुपैँया,प्रदेश राजस्व बाँडफाँड छ करोड उनान्साठ्ठी लाख बाईस हजार चार सय,आन्तरिक राजस्व पाँच करोड रुपँैया,मालपोत तीन करोड रुपँैया,अल्या रकम दश करोड पाँच लाख रुपैँया बजेट बिनियोजन गरीएको छ । जसमा प्रदेश सर्शत अनुदान,प्रदेश समपुरक अनुदान र विशेष अनुदानको अख्तियारी आउन बाँकि रहेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |