धादिङ,५ असार
नीलकण्ठ नगरपालिका वडा नम्बर १२ मा १६० घण्टे तालिम सुरु भएको छ ।पशुपतिथानको हलमा सुरु भएको तालिममा विल्डिङ इलेक्टिसिय र मेसन तालिम सुरु भएको हो ।बैदेशिक रोजगारबाट फर्कीएका र विदेश जाने तयारीमा रहेका ६० जनाको सहभागितामा तालिम सन्चालन गरीएको प्रशिक्षक नरेश पौडेलले जानकारी दिनुभयो ।तालिममा नीलकण्ठ नगरपालिका लगायत,सिद्धलेक,गजुरी,बेनिघाट र गजुरी गाउँपालिकाका युवाहरुको सहभागिता रहेको छ ।
तालिम उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुदै नीलकण्ठ नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष धर्मराज भण्डारी(राजकुमार )ले सिपयुक्त मानिसले जहाँ गएपनि दुख नपाउने भन्दै सिप सिकेर आत्मनिर्भर बन्नको लागि आग्रह गर्नुभयो । वडा भित्रका युवाहरुलाई स्वरोजगारी कसरी बनाउने भन्ने तर्फ आफ्नो ध्यान गएको भन्दै उहाँले सिप सँग युवाहरुलाई जोड्नुपर्ने बताउनुभयो ।
वडामा विभिन्न प्रकारका सिप सिकाईएको भन्दै उहाँले आगामी दिनमा पनि मागमा आधारित तालिमहरु सन्चालन गरिने बताउनभुयो । बैदेशिक रोजगार प्रबद्र्धन वोर्डको सचिवालयको आर्थिक सहयोग र ट्रेनिङ सेन्टर नेपालको साझेदारीमा तालिम सन्चालन गरिएको हो। २२ दिन सम्म सन्चालन हुने तालिममा विल्डिङ ईलेक्ट्रिसियनमा ४० जना र मेसनमा २० जनाको सहभागिता रहेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |