धादिङबेशी । नेत्रावती डबजोङ गाउपालिकाको पन्धौँ गाउँ सभा सम्पन्न भएको छ । आईतबार ३८ करोड ४७ लाख ५६ हजार ८ सय ४१ रुपैंया २१ पैसा बजेट बिनियोजन गर्दै गाउँपालिकाले पन्ध्रौं गाउसभा सम्पन्न गरेको हो ।
गाउँसभामा गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालद्धारा प्रस्तुत निति तथा कार्यक्रम र उपाध्यक्ष सितामाया चोदेनद्धारा प्रस्तुत बजेट सर्वसहमत पास गरिएको छ ।
गाउँसभाले पालिकालाई आवश्यक आर्थिक ऐन र बिनियोजन ऐन समेत पास गरेको छ । गाउँसभाको अवसर पारेर नीलकण्ठ नगरपालिका वडा नं ३ निवासी प्रेम बहादुर श्रेष्ठलाई गाउँपालिकाको उत्कृष्ट लोगो निर्माण गरेवापत नगद ३० हजार सहित सम्मान गरीएको थियो ।
गाउँपालिकाले धुलो कम हिलोमुक्त पालिका बनाउने, एक घर एक पक्कि टनेल निर्माण कार्यलाई निरन्तरता दिने, गाउँपालिकाभित्र उत्पादित तीन म (मह, महि र मदिरा)लाई ब्राण्डिङ गरीने, एक वडा एक कृषि पशु उत्पादन मार्फत आत्मनिर्भर स्थानीय अर्थतन्त्रको निर्माण गर्दै लगिने, वडा नं १ मा सुन्तला खेती, वडा नं २ मा टिमुर खेती, वडा नं ३ मा किवी खेती, वडा नं ४ मा पशुपंक्षी तथा फलफुल उत्पादन क्षेत्र र वडा नं ५ मा सुन्तला खेती उत्पादनको पकेट क्षेत्र निर्माण गरीने जस्ता महत्वपुर्ण कार्यहरु निती तथा कार्यक्रममा समावेश गरीएको छ ।
यस्तो छ नीति तथा कार्यक्रमको पुर्ण पाठ
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |