धादिङ, १० जेष्ठ ।
परमेश्वरको मण्डली बिश्व सुसमाचार समाजको आयोजनमा आईतबार अरुण खोला वरिपरि सरसफाई गरीएको छ । आठ हजार ५८ बिश्वव्यापी वातावरण सरसफाई अभियान अन्तरगत सरसफाई कार्यक्रम गरीएको मण्डली प्रमुख उमेश थोकरले बताउनुभयो ।
आईतबार बिहान पानी परेको कारण बाढी आएकाले खोलामा पसेर सरसफाई गर्न नसकिएको र खोला वरपर सडक र बाटोहरु सरसफाई गरिएको थोकरले नीलकण्ठ एफएमलाई जानकारी दिनुभयो ।
खोलामा फ्याँकिने फोहोरहरुले कारण पानी दुषित हुनुका साथै वातावरणीय असन्तुलन पनि पैदा हुने हुनाले खोलामा फोहर नफ्याँक्न पनि आग्रह गर्नुभएको छ ।
कार्यक्रमको प्रमुख अतिथी समेत रहेका नीलकण्ठ नगरपालिकाका उपमेयर दिपक बिश्वकर्माले धर्म, जाती, समुदाय र लिंग नभनी मानवहितमा काम गर्नु नै धर्म र कर्तव्य भएको बिश्वकर्माले बताउनुभयो ।
यसैगरी कार्यक्रमका अतिथी नीलकण्ठ नगरपालिका वडा नं ४ का वडा अध्यक्ष हरी बहादुर श्रेष्ठले यस्ता कार्यकमले सभ्य समाज निर्माणमा टेवा पु¥याउने बताउनुभयो ।
परमेश्वरको मण्डली बिश्व सुसमचार समाज धादिङका मण्डली प्रमुख उमेश थोकरको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उपमेयर दिपक बिश्वकर्माको प्रमुख आतिथ्यता तथा वडा नं ४ का अध्यक्ष हरी बहादुर श्रेष्ठ लगायतको आथिथ्यता रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |