धादिङ,१७ असार ।
नेपाल पत्रकार महासंघ धादिङ शाखामा नेपाल प्रेस युनियनले धर्ना दिएको छ। युनियनले महासंघको केन्द्रिय कार्यालयदेखि प्रदेश समिति र शाखा कार्यालयमा एकैपटक सोमबार बिहान ११ बजेदेखि १ बजेसम्म धर्ना दिएको हो ।
पत्रकार महासंघले आफ्नै संरचना शाखा र प्रदेशले सिफारिस गरेका सदस्य काटेर, चोर बाटोबाट सदस्य थप गरी मतदाता नामावली सार्वजनिक भएपछि तालाबन्दी गरेर आन्दोलन सुरू गरेको युनियनका अध्यक्ष सन्तोष राज श्रेष्ष्ठले जानकारी दिनुभयो ।
‘सदस्यता शुद्धीकरणमा महासंघले समान मापदण्डमा फरकफरक लाठी चलाएपछि आफूहरु अन्दोलित भएका हौँ’, उहाँले भन्नुभयो, ‘पछिल्लो समय एकलौटीरुपमा महासंघले जिल्ला र प्रदेशले सिफारिस नै नगरेका पत्रकारलाई सदस्यता दिने काम भयो । त्यो गलत भयो ।’ आफूहरुले उठाएका काम युनियनको मात्र नभई सबै श्रमजीवि पत्रकारको भएको अध्यक्ष श्रेष्ठले उल्लेख गर्नुभयोे ।
वार्ता र आन्दोलन सँगसँगै लैजाने नीति अनुरुप धर्ना दिइएको उहाँले बताउनुभयो । प्रेस युनियनले महासंघको विधानविपरीत थपिएका गैर पत्रकारलाई सदस्यबाट हटाउनुपर्ने, महासंघकै शाखा, प्रदेशले सिफारिस गरेका र सदस्यता लिने मापदण्ड र योग्यता पुगेर आवेदन दिएका सदस्यको सदस्यता कायम गर्न, निर्वाचन तालिका स्थगित गरी सदस्यता विवाद टुंगाएर मात्र नेपाल पत्रकार महासंघको निर्वाचन हुने वातावरण शुनिश्चित गर्न लगायतका विषयमा माग राख्दै आन्दोलन गर्दै आएको छ ।
प्रेस युनियनले पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेर धादिङ सहित देशभर आन्दोलन सुरू गरेको हो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |