धादिङ,२७ साउन ।
नीलकण्ठ नगरपालिकाले ८ औं दक्षिण एसियाली (साफ) कराँते प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीलाई सम्मान गरेको छ । आइतबार एक कार्यक्रमका विच नीलकण्ठ नगरपालिका–५ की समिक्षा ढुंगाना र नीलकण्ठ– १३ की एरिका गुरुङलाई नगद ५० हजार रुपियाँ सहित सम्मान पत्रले सम्मान गरेको हो । गत २० जुलाईमा भुटानमा सम्पन्न ८ औं दक्षिण एसियाली (साफ) कराँते प्रतियोगितामा समिक्षाले नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन् । नेपालको प्रतिनिधित्व गरेकी समिक्षाले ५३ केजी तौल समुहमा प्रतिस्पर्धा गरेकी हुन् ।उनीहरु दुबैलाई जनही ५०-५० हजारले सम्मान गरिएको हो ।
त्यस्तै, २८ मार्चदेखि अप्रिल १ सम्म अमेरिकाको टेक्सासमा भएको युएस ओपन च्याम्पियनसीप कराते प्रतियोगितामा एरिकाले स्वर्ण पदक दिलाएकी हुन् । उनले ६८ केजी तौल समुहमा प्रतिस्पर्धा गरेकी थिइन् ।सम्मान ग्रहण गर्दै समिक्षा ढुंगानाले नीलकण्ठ नगरपालिकाको सम्मानले खेल क्षेत्रमा अघि बढ्न थप हौसला मिलेको बताइन् । देशको शिर उचो बनाएका दुवै खेलाडीलाई थप प्रोत्साहनका लागि सम्मान गरिएको नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भिमप्रसाद ढुंगानाले बताउनुभयो ।
देश विदेशमा नेपालको नाम उच्च बनाएका खेलाडीलाई हौसला बढाउन र प्रोत्साहन स्वरुप सम्मान गरिएको उहाँले बताउनुभयो । नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दिपक विश्वकर्माले खेल र खेलाडीको हितमा नगरपालिकाले काम गरिरहेको बताउनुभयो । ‘धादिङकी यि दुई चेलीले नेपाललाई स्वर्ण दिलाउनु सामान्य कुरा नभएको भन्दै खेल क्षेत्रमा लगानी र प्रोत्साहन आवश्यक रहेको बताउनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |