धादिङ,२७ साउन
नीलकण्ठ नगरपालिकाले आज एक कार्यक्रमकाबिच २४६ जना विद्यार्थीहरुलाई छात्राबृत्ति वितरण गरेको छ । नगरपालिका भित्र रहेका दलित, गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्राबृत्ति प्रदान गरीएको हो । नगरपालिकाले गरिव तथा जेहेन्दार तर्फ ११९ विद्यार्थीलाई ७ लाख ९६ हजार ५०० र दलित छात्राबृत्ति तर्फ १२७ जनालाई १२ लाख ७८ हजार सहित २४६ जना विद्यार्थीहरुलाई प्रति व्यक्ति १ लाख देखि ५ हजार सम्म छात्रवृत्ति प्रदान गरेको हो ।
१ लाख छात्रबृत्ति पाउनेमा मणिपाल पोखरामा अध्ययनरत सुनिल सुनार, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थामा अध्ययनरत प्रकाश मल्ल माले, रेशु बि.क. रहेका छन् भने ५० हजार पाउनेमा कान्तीपुर इन्जिनियरिङ कलेजमा अध्ययनरत कुशल बराईली रहेका छन् । गत शैक्षिक सत्रमा अध्ययनरत उनीहरुलाई उक्त छात्रबृत्ति प्रदान गरिएको हो।
विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुहुँर्दै नीलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुङ्गानाले शिक्षा क्षेत्रको विकासको लागी नगरपालिकाले ठुलो बजेट बिनियोजन गरेको बताउनुभयो । साथै छात्रबृत्ति स्वरुप प्रदान गरिएको रकम सहि सदुपयोग गर्न आग्रह गर्नुभएको छ । चालु शैक्षिक सत्र देखि माध्यामिक सम्मको शिक्षा पूर्ण निःशुल्क गरिएको भन्दै अर्को बर्षबाट कक्षा ११ र १२ का विद्यार्थीलाई छात्रबृत्ति प्रदान नगरिने बताउनुभयो । उहाँले क्याम्पसमा अध्ययनरतलाई भने छात्रबृत्ति दिईने बताउनुभएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |