धादिङ,४ भदौ
आकस्मिक स्वास्थ्य सम्बन्धि सचेतनामुलक कार्यक्रम धादिङबेशीमा सम्पन्न भएको छ । कीर्तिगङ्गा मेडिकल सेन्टर, काठमाडौंको आयोजना तथा नीलकण्ठ नगरपालिका र जनस्वास्थ्य कार्यालय, धादिङको समन्वयमा सचेतनामुलक कार्यक्रम भएको हो । अकाल मृत्युबाट आफू पनि बचौ र अरुलाई पनि बचाऔं “ भन्ने मुल नाराका साथ भएको कार्यक्रममा डा. राम थापा क्षेत्री र स्वास्थ्य बीमा बोर्ड, जिल्ला सम्पर्क कार्यालयकी दर्ता अधिकारी शशीकला भण्डारीले प्रशिक्षण गर्नुभएको थियो ।
कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उपमेयर दीपक विश्वकर्माको प्रमुख आतिथ्यता तथा नीलकण्ठ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष बद्री प्रसाद दाहालको विषेश आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नगर प्रहरी, टोल विकास संस्था महासङ्घ, खेलाडी, पत्रकार तथा विद्यार्थी, आमा समूह लगायतको उपस्थिति रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |