धादिङ,७ भदौ
धादिङबेसीमा रहेको नमुना सामुदायिक विद्यालय नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालयले अन्तर्राष्ट्रिय गुणस्तर आईएसओ चिन्ह प्राप्त गर्न प्रक्रिया अघि बढाएको छ । शुक्रबार नीलकण्ठ बालमन्दिर माविमा भएको अभिमुखीकरण कार्यक्रममा आईएसओ चिन्ह प्राप्त गर्ने विषयमा प्रक्रिया अघि बढाईएको हो ।अन्तर्राष्ट्रिय गुणस्तर आईएसओ चिन्ह २१००१ को सटिर्फिकेट प्राप्तीका लागि प्रक्रिया अगाडी बढाउने धादिङको पहिलो र देशभरबाट दोस्रो विद्यालय बनेको छ ।
नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालय र आइएसओ कै परामर्शमा एभरेष्ट इन्टरनेशनल म्यानेजमेन्ट कन्सल्टेन्सी एण्ड ट्रेनिङ एजेन्सि बिच आज(शुक्रबार) सम्झौता भएको छ ।
विद्यालयले सुधार गर्नुपर्ने कुराहरु सुधार गरी व्यवस्थापन सुधार योजना कार्यन्वयन प्रतिबद्धता जनाएपछि ३ महिना पछि आईएसओले लोगो (चिन्ह) प्रयोग गर्न पाउने गरी प्रमाणपत्र दिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक कोईरालाले जानकारी दिनुभयो । नमुना विद्यालय बनाएसँगै अब अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह आइएसओ सर्टिफिकेट लिने गरी काम गर्न लागिएको बताउनुभयो । एभरेष्ट इन्टरनेशनल म्यानेजमेन्ट कन्सल्टेन्सी एण्ड ट्रेनिङ एजेन्सिको सहयोगमा प्रारम्भिक इन्डिकेटर पुरा गरेर २ महिना भित्रमा रजिष्टेशन गर्ने र एक वर्ष भित्रमा सबै सूचाङ्कहरु पुरा गरेर अन्तर्राष्ट्रिय गुणस्तर आईएसओ २१००१ को सटिर्फिकेट प्राप्त गर्ने प्रक्रियामा नीलकण्ठ बालमन्दिर मावि रहेको विद्यालयका प्रधानाध्यापक ध्रुव अधिकारीकारीले जानकारी दिनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |