धादिङबेशी । खनियावास गाउँपालिका वडा नं २ कोखिममा बचत तथा ऋण व्यवस्थापन तालिम सोमबार सम्पन्न भएको छ । खनियावास गाउँपालिका वडा नं २ झार्लाङमा सोमबार सम्पन्न भएको २ दिने तालिममा २३ जना महिला सहित २६ जनाको सहभागीता रहेको थियो ।
प्रयास नेपाल धादिङले आड्रा नेपालको साझेदारी तथा खनियावास गाउँपालिकाको समन्वयमा संचालनमा भएको उत्थानशील जिविकोपार्जन तथा खाद्य सुरक्षा सुढृढिकरण परियोजना कार्यक्रम अन्तरगत गठित समुहका पदाधिकारीहरुको लागि दुई दिने बचत तथा ऋण व्यवस्थापन तालिम संचालन गरिएको हो ।
तालिममा समुहमा बचतको महत्व बचत संकलन, आम्दानी र खर्च अभिलेख , ऋण लगानी, पासबुक, बचत तथा ऋण परिचालन सम्बन्धि निति, नियम, समुहका पदाधिकारीहरुको काम, कर्तव्य, अधिकार, घुम्ती कोष परिचालन र बित्तिय सारक्षरता लगायतका बिषयमा सहजकर्ता सन्तोष सत्यालले सहजिकरण गर्नु भएको थियो ।
कार्यक्रममा प्रयास नेपाल धादिङ र आड्रा नेपालको संस्थागत चिनारी र परियोजनाको लक्ष्य, उदेश्य , संचालन प्रक्रिया र मुख्य क्रियाकलापहरुको बारेमा प्रयास नेपाल धादिङका पशुस्वास्थ्य प्राविधिक रुपेश तामाङले जानकारी गराउनु भएको थियोे । कृषकको क्षमता विकास, जलवायु कृषक पाठशाला, प्राविधिक ज्ञान, सिप हस्तान्तरण गरी कृषि तथा पशुपालनमा उत्पादन र उत्पादकत्व बृद्धिमा टेवा पुर्याउने उदेश्यले धादिङ जिल्लाका खनियावास गाउँपालिकामा उत्थानशील जिविकोपार्जन तथा खाद्य सुरक्षा सुढृढिकरण परियोजना संचालन गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले जानकारी दिनु भयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |