धादिङ,२८ भदौ
नीलकण्ठ नगरपालिका वडा नम्बर ८ रामकोट आरोहण शिक्षालयमा ६० औँ अन्तराष्ट्रिय बाल दिवसको अवशरमा वडा स्तरीय अन्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । अनन्त आशा नेपालको सहयोग र वडा शिक्षा समितिको निर्णय बमोजिम वडा स्तरिय अन्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न भएको वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठले जानकारी दिनुभयो । चित्रकला प्रतियोगितामा वडा भित्र रहेका ५ विद्यालयका २५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
आधारभुत (१—३), आधारभुत(४—५), आधारभुत(६—८) र माध्यामिक(९—१०) गरी चार समुहमा विभाजन गरिएको प्रतियोगितामा हाम्रो वरपरको वातावरण र बालमैत्री विद्यालय शिर्षकमा चित्रकलाको प्रस्तुती राखिएको थियो ।प्रतियोगितामा आधारभुत (१—३) समुह तर्फ स्वावलम्बि बहिरा आ.वि.का मनिष तामाङ प्रथम, रामकोट माध्यामिक विद्यालयका युनिक राना मगर दोश्रो र सोहि विद्यालयका दिनिसा श्रेष्ठ तेश्रो हुन सफल भएका छन् ।
यसैगरी आधारभुत(४—५) समुह तर्फ रामकोट मा.वि.का रामकुमार कुमाल प्रथम, गायत्रीदेवी आ.वि.का अनिसा परियार दोश्रो र सोही विद्यालयका विपना कुमाल तेश्रो भएका छन् ।आधारभुत(६—८) समुह तर्फ देउराली माध्यामिक विद्यालयका प्रेमकुमारी श्रेष्ठ प्रथम, सोहि विद्यालयका दिपक श्रेष्ठ दोश्रो, रामकोट मा.वि.का सुवास तामाङ दोश्रो र रामकोट मा.विकै सन्ध्या मगर तेश्रो भएका छन् । माध्यामिक(९—१०) समुह तर्फ रामकोट मा.वि.का सिमसाङ तामाङ प्रथम, सोहि विद्यालयका अनुसा मगर दोश्रो र देउराली मा.वि.का सन्देश तामाङ तेश्रो भएका छन् ।
कार्यक्रम वडा स्तरिय शिक्षा समितिको निर्णय बमोजिम वडा भित्रका सबै विद्यालयहरुबाट सबै समुहमा १÷१ छात्र र छात्राको सहभागिता रहेको थियो । कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रवत्ता एवं ८ नं. वडा अध्यक्ष प्रकाशकुमार श्रेष्ठ ,नगरपालिकाका शिक्षा श्रोत व्यक्ति मेघनाथ कोइराला, वडा सचिव लक्ष्मण पौडेल, अनन्त आशा नेपालका फिल्ड सुपरभाइजर विरेन्द्र चेपाङ सहित वडा सदस्यहरु, सबै विद्यालयका प्रधानाध्यापकहरु एवं शिक्षकहरु लगाउतको उपस्थिती रहेको थियो ।प्रतियोगितामा बिजेता विद्यार्थीहरुलाई प्रमाण पत्र र शैक्षिम सामाग्रीबाट पुरस्कृत गरीएको वडा सचिव लक्ष्मण पौडेलले जानकारी दिनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |