धादिङ,२८ भदौ
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ मा प्रदेश लेखा नियन्त्रक कार्यालयको शुक्रबार उद्घाटन गरीएको छ। शुक्रबार एक कार्यक्रममा बिच बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले उद्घाटन गर्नुभएको हो ।कार्यालयको उद्घाटन गर्नुहुदै कार्यक्रमका प्रमुख अतिथी काफ्लेले जिल्लामा प्रदेश सरकारका तर्फबाट हुने सबै आर्थिक क्रियाकलाप नियन्त्रण गर्नेगरी प्रदेश सरकारले कार्यालय स्थापना गरेको बताउनुभयो । जनताले संघीयताको प्रत्याभूति घरआँगनमै गर्न सकुन् भनेर जिल्लामा कार्यालय स्थापना गरिएको उहाँले बताउनुभयो ।
विकास निर्माणको कामलाई सहज र प्रभावकारी बनाउनको लागि कार्यालयले भुमिका खेल्ने र सेवाग्राहीलाई सहज रुपमा सेवा लिने वातवारण बन्ने बताउनुभयो ।यसैगरी कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नेपाल नगर पालिका संघका अध्यक्ष एवं नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाले प्रदेश सरकारले स्थानीय सरकारलाई अधिकार नदिएको बताउनुभयो ।प्रदेश सरकारले नै १–२ लाखको बजेट पनि तोकेर आउने र योजना माग्नको लागि प्रस्तावना लिएर जानुपर्ने कामको अन्त्य हुनुपर्ने बताउनुभयो ।संघीयताको सबैभन्दा बलियो सरकार स्थानीय सरकार भएको भन्दै उहाँले संघ र प्रदेश सरकारले हस्तक्षेप गर्ने गरेको बताउनुभयो ।
लेखा नियन्त्रक कार्यालयका प्रमुख हरिबोल ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेको प्रमुख आतिथ्यता रहेको थियो । नेपाल नगरपालिका संघका अध्यक्ष एंव नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाको विशेष आतिथ्यता रहेको कार्यक्रममा जिल्ला समन्वय प्रमुख नमराज अधिकारी,आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कृष्ण प्रसाद मैनाली,प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे लगायतको विशेष आतिथ्यता रहेको थियो ।यसअघि जिल्लामा कार्यालय नहुँदा प्रदेशबाट सञ्चालित क्रियाकलापका लागि प्रदेश राजधानी हेटौंडा जानुपर्ने बाध्यता थियो।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |