धादिङबेशी । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङमा आजदेखि मुख्यमन्त्री–जनता स्वास्थ्य परिक्षण कार्यक्रम संचालन भएको छ । बागमती प्रदेश सरकारको स्वीकृत कार्यक्रम अन्तरगत चालु आर्थिक वर्ष २०८१/०८२ को लागि आजदेखि ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’ संचालन भएको हो ।
नसर्ने रोगहरुको समयमै परिक्षण गरी रोगको सिघ्र पहिचान गर्ने र जटिलता न्यूनीकरण गर्ने उद्धेश्यका साथ कार्यक्रम सुरु गरिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङका सूचना अधिकारी प्रकाश सापकोटाले जानकारी दिनुभयो । सर्ने रोगभन्दा नसर्ने रोगको अवस्था भयावह हुँदै गएकाले न्यनिकरणमा सहयोग गर्ने उदेश्यले कार्यक्रम सुरु गरिएको उहाँले बताउनु भयो ।
सुचना अधिकारी सापकोटाका अनुसार यस कार्यक्रम अन्तरगत लक्षित समुह ३० बर्षभन्दा माथिका व्यक्तिहरुले प्रत्येक बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म निशुल्क स्वास्थ्य परिक्षण गराउन सक्नेछन् । स्वास्थ्य परिक्षणका क्रममा तालिम प्राप्त चिकित्सकद्धारा नसर्ने रोग सम्बन्धी इतिहास र सम्पूर्ण शरिरको जाँच, तौल, उचाई, पेटको मोटाई, उच्च रक्तचाप, पिसाबको जाँच, दिसामा सुक्ष्म रगतको जाँच, रगत परिक्षण, रगतमा चिनिको जाँच, मृगौला, कलेजोको जाँच, लिपिड प्रोफाईल र परामर्श सेवा प्रदान गरिने छ ।
नसर्ने रोगको समस्या समयमै पहिचान गरी मृत्यु दर घटाउन सकिने भएकोले मुख्यमन्त्री–जनता स्वास्थ्य परिक्षण कार्यक्रम अन्तरगतको सेवा लिनुहुन आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङका कार्यालय प्रमुख अमूल्य दाहालले धादिङबासीलाई अनुरोध गर्नु भएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङमा सेवा लिएर स्वास्थ्य अवस्था राम्रो हुँदै गएको सेवाग्राहीको भनाई छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङले विगत ३ वर्षदेखि मुख्यमन्त्री–जनता स्वास्थ्य परिक्षण कार्यक्रम निरन्तर संचालन गर्दै आएको छ ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङले आज देखि नै पथ्य आहार कार्यक्रम समेत सुरु गरेको छ । यस कार्यक्रममा अन्तरर्गत प्रत्येक बुधबार सेवा लिन आउने सेवाग्राहीलाई आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङले खाजाको ब्यवस्था गरेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |