धादिङ,१ कार्तिक
गैर आवासीय नेपाली संघ(एनआरएनए)ले धादिङको दुई वटा पालिकाको एक सय परिवारलाई राहत वितरण गर्ने भएको छ।असोज ११ र १२ गते गएको अविरल बर्षाको कारण क्षति पुगेको खनियावास गाउँपालिकाको ५० घरपरिवार र बेनिघाट रोराङ गाउँपालिकाको ५० घरपरिवारलाई राहत वितरण गर्ने निर्णय भएको गैर आवासीय नेपाली संघ(एनआरएनए)का केन्द्रिय उपाध्यक्ष रामशरण सिंखडाले जानकारी दिनुभएको छ।
धादिङको खनियावास गाउँपालिका वडा नम्बर ४ को धार्नाको पहिरो प्रभावित ५० घरपरिवारलाई एनआरएनएले प्रति घर १० हजार बराबर सहयोग गर्ने निर्णय भएको सिंखडाले नीलकण्ठ एफएमलाई जानकारी दिनुभयो ।यसैगरी बेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर ६ को चेपाङ बस्तीका ५० घरपरिवारलाई पनि प्रति घरपरिवारलाई १० हजार बराबरको सहयोग गर्ने निर्णय भएको छ ।
गैर आवासीय नेपाली संघको केन्द्रिय कार्यालय बालुवाटारमा बसेको बैठकले उक्त निर्णय गरेको हो । अन्तराष्ट्रिय धादिङ समाजले समन्वय गर्ने गरेर राहत वितरण गर्ने निर्णय भएको समाजका बरिष्ठ उपाध्यक्ष दिनेश तामाङले जानकारी दिनुभयो । राहत वितरण,समन्वय र ढुवानीको समन्वय अन्तराष्ट्रिय धादिङ समाजले गर्ने निर्णय भएको तामाङले नीलकण्ठ एफएमलाई जानकारी दिनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |