धादिङ, ०८ कात्तिक ।
धुनिबेशी नगरपालिकाको पशुपन्छी विकास शाखाले ११० कुकुरको बन्ध्याकरण गरेको छ। बुधवार र बिहीवार दुई दिने शिविरमा कुल ११० कुकुरको बन्ध्याकरण गरिएको शाखा प्रमुख टंक कटुवालले जानकारी दिनुभएको छ।
कटुवालका अनुसार बुधवार पहिलो दिन ५८ र बिहीवार ५२ कुकुरको बन्ध्याकरण गरिएको थियो। धुनिवेशी नगरपालिका पशुपन्छी विकास शाखाले सामुदायिक/छाडा कुकुरहरुको संख्या नियन्त्रण गर्ने उद्देश्यले भाले तथा पोथी सामुदायिक/छाडा कुकुरहरुको बन्ध्याकरण गर्ने कार्यक्रम सुरु गरेका हो ।
अब बाँकी कुकुरहरुलाई आवश्यकताको आधारमा अन्य दिनमा बन्ध्याकरण गरिने पशुपन्छी विकास शाखा प्रमुख कटुवालले बताउनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |