धादिङ, ११ मंसिर ।
महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजाल धादिङको अध्यक्षमा खिल कुमारी तिवारी चयन हुनुभएको छ । सोमबार सम्पन्न दशौं साधारणसभा तथा पाँचौ अधिवेशनले खिल कुमारी तिवारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
नव गठित कार्यसमितिको उपाध्यक्षमा दुर्गा अधिकारी, सचीवमा ज्ञानु कँडेल, सहसचिवमा रबिना पौडेल, कोषाध्यक्षमा शुसिला भण्डारी चयन हुनु भएको छ । त्यसैगरी सदस्यहरुमा भगवती अर्याल, शान्ता रुपाखेती, उर्मिला श्रेष्ठ, राधिका सापकोटा, हरिमाया शाही, आरती शाह, सीता रिजाल ( अपंगता क्षेत्र), स्नेहा श्रेष्ठ ( युवाको क्षेत्र) रहनुभएको छ ।
महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजालका अध्यक्ष गायत्री खतिवडाको अध्यक्षता र महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय संजालको पुर्व महासचिव राधिका सापकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जिल्लाभर बाट नै प्रतिनिधित्व गरि आएका महिला मानवअधिकार रक्षकहरुको सहभागिता रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |