धादिङ, २३ मंसिर ।
नीलकण्ठ नगरपालिका –९ स्थित मुरलीभन्ज्याङ साना किसान कृषि सहकारी संस्था लिमिटेडको १५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार गृह सचिव गोकर्णमनी दुवाडीको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।
नेपाल नगरपालिका संघका अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका नगरप्रमुख भिम प्रसाद ढुंगानाको विषेश आतिथ्यता रहेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे लगायतको संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
साधारण सभामा सहकारीका उपलब्धिहरूको समीक्षा, भावी योजनाहरूको निर्धारण, र स्थानीय स्तरमा सहकारीका गतिविधिहरूलाई अझ प्रभावकारी बनाउनुपर्ने विषयमा छलफल गरिएको थियो ।
मुरलीभन्ज्याङ साना किसान कृषि सहकारी संस्था लिमिटेडले स्थानीय किसानहरूको जीवनस्तर उकास्ने उद्देश्यले आफ्नो १५ औँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको संस्थाकी अध्यक्ष दुर्गा दुवाडीले बताउनुभयो । सहकारीलाई आगामी दिनमा थप उचाइमा पु¥याउन सबै सदस्य र स्थानीय निकायहरूको सहकार्यको आवश्यकता रहेको उहाँको भनाइ छ ।
कार्यक्रममा सहकारीका सदस्यहरूले आफ्नो अनुभव, समस्याहरू, र सहकारीको भावी योजना साझा गर्दै सहकारीलाई अझ सशक्त बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्।
२०६४ साल पुष २ गते स्थापना भएको सहकारी संस्थामा १२ सय ३७ जना सदस्य रहेका छन् । १५ वर्षको अवधि पार गर्दै यस सहकारीले स्थानीय किसानहरूको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |