धादिङ,७ पुस
ज्वालामुखी गाउँपालिका वडा नम्बर ३ मा गठन गरीएको चक्रदेवी युवा क्लब भवन वरपर बत्ति जडान गरीएको छ । गाउँमा जनचेतना फैलाउने,गाउँको विकास गर्ने र भाषा,सस्कृतिको रक्षा गर्ने उदेश्यले स्थापना गरीएको क्लबले विगतदेखीने विभिन्न कार्यक्रम सन्चालन गर्दै आईरहेको क्लबका अध्यक्ष कुल बहादुर झ्यारी मगरले जानकारी दिनुभयो ।बत्ती जडान भएसँगै अब रातको समयमा पनि कार्यक्रम सन्चालन गर्न सहज हुने भएको छ ।
स्थानिय युवाहरु मिलेर गठन गरिएको क्लबको आफ्नै भवन समेत निर्माण भईसकेको छ । गाउँमा हुने कार्यक्रम र विहे,ब्रतबन्ध लगायतका सामाजिक कार्यहरु समेत यसै भवनबाट सन्चालन हुदै आईरहेको छ । चक्रदेवी युवा क्बल वरपर बत्ती जडान कार्य समेत सम्पन्न भईसकेकोको क्लबले जनाएको छ । देउसी भैलो खेलेर संकलन भएको रकम र विभिन्न दानविर व्यक्तिहरुबाट संकलित रकमबाट बत्ति जडान गरीएको हो । बत्ति जडान गर्दा ३७ हजार ५ सय ४५ रुपैँया खर्च भएको र जम्मा संकलन रकम भने २२ हजार ८ सय ५५ रहेको क्लबले जनाएको छ ।बत्ति जडान गर्दा १४ हनार ६ सय ९० रकम अपुग भएको समेत क्बलले जनाएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |