धादिङ,७ पुस
अमेरीकन बाजे भनेर चिनिने समाजसेवी जीत तामाङलाई सम्मान गरीएको छ । नागरिक बर्षबाट सम्मानित भएका सामाजिक अभियन्ता तथा अन्तराष्ट्रिय धादिङ समाजबा बरिष्ठ उपाध्यक्ष दिनेश तामाङको पहलमा निर्माण भएको एकिकृत बस्तीमा सम्मान गरीएको हो । आफुले सन्चालन गर्ने हरेक सामाजिक अभियानमा आर्थिक सहयोग गर्ने गरेको कारण एकिकृत तामाङ बस्तीमा निमन्त्रण गरी विशेष सम्मान गरीएको तामाङले नीलकण्ठ एफएमलाई जानकारी दिनुभयो ।
साविकको लापाबाट विस्थापीत भएका ५५ घरपरिवार हाल उक्त बस्तीमा बस्दै आईरहेका छन् ।
बिगत ३५ बर्षदेखी संयुत्त राज्य अमेरिकाको अलस्का शहरमा कर्मथलो बनाउदै आउनु भएका जीत तामाङले नेपालमा सामाजिक कार्य समेत सन्चालन गर्दै आईरहनुभएको छ ।लमजुङको भुलभुले स्थित भुष्मे हाल बेंशिसहर १० मा जन्मनु भएको तामाङ गाउँपर्यटन प्रबद्र्धन गर्ने उदेश्यले एकिकृत नमुना बस्ती अवलोकनको लागि आउनु भएको सामाजिक अभियन्ता दिनेश तामाङले जानकारी दिनुभयो ।अमेरीमा बस्दै आउनु भएको तामाङले लमुजुङको शान्तीडाँडामा गाँउपर्यटन प्रबर्धन गर्ने उदेश्यले पिस हिल रिसोर्ट संचालनमा ल्याउनु भएको छ।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले आफ्नो रिर्सोट भ्रमणको लागि एकिकृत नमुना बस्तीका नागरिकहरुलाई निमन्त्रण समेत दिनुभएको छ ।एकिकृत नमुना बस्तीको लागि आफुले सक्दो सहयोग गर्ने समेत बताउनु भएको छ ।यसैगरी सामाजिक अभियन्ता दिनेश तामाङले आफुले निर्माण गरेको एकिकृत नमुना बस्ती भ्रमण गरिदिनुभएकोमा धन्यवाद दिनुहुदै उक्त बस्तीको विकासको लागि सहयोग गर्न समेत सरोकारवाला निकायकहरुलाई आग्रह गर्नुभएको थियो।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |