धादिङ,१२ पुस
नेत्रावती डबजोङ गाउँपालिकाको पाचौं गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहिबारबाट सुरु भएको छ।नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ५ स्थित महेन्द्र बाराही माध्यमिक बिद्यालयको खेलमैदानमा बिहीबारदेखि प्रतियोगिता सुरु भएको हो।प्रतियोगिताको पुर्व कानुन् राज्यमन्त्री दिलमान पाख्रीनले उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै खेलकुदले शारीरिक र मानसिक स्वास्थ्यमा महत्वपुर्ण टेवा पुर्याउने बताउनुभएको छ । खेलमा हारजित भन्दापनि खेलको अनुशासनमा बसेर खेल खेल्न र खेलमा आफ्नो उत्कृष्ट प्रतिभा प्रदर्शन गर्न खेलाडीहरुलाई अग्रह गर्नुभएको छ ।गाउँपालिका अध्यक्ष मेघनाथ रिजालले नेत्रावती डबजोङ गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्डको जिल्ला र प्रदेशस्तरीय खेलहरुमा यस अघि पनि राम्रो प्रदर्शन गरेको र यो पटक झन् राम्रो खेल प्रदर्शन गर्नेमा बिश्वस्त रहेको बताउनुभयो ।
यसैगरी गाउँपालिकाका उपाध्यक्ष सीता माया चोदेनले खेलाडीहरुलाई आफ्नो क्षमता बृद्दि गरेर राष्ट्रिय स्तरको खेलाडीको रुपमा स्थापित हुनको लागि शुभकामना दिनुभएको छ । शिक्षा र खेलकुदको क्षेत्रमा स्थानिय तहले निरन्तर काम गरिराखेको बताउनुभयो ।११ गतेबाट १३ गतेसम्म सञ्चलन हुने प्रतियोगितामा भलिबल र एथलेटिक्सका खेलहरुमा छात्र-छात्रा दुवैको खेल समावेश गरिएको छ। प्रतियोगितामा पालिकाभित्रका ५ माध्यमिक विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन्।
गाउँपालिका अध्यक्ष मेघनाथ रिजालको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा पुर्वमन्त्री दिलमान पाख्रीनको प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रममा गाउँपालिकाका उप–प्रमुख सीता चोदेन, वडा अध्यक्षहरु, निवर्तमान गाउँपालिका अध्यक्ष दुर्ग कुमार शाक्य, निवर्तमान गाउँपालिका उपाध्यक्ष उर्मिला तामाङ लगायतको आतिथ्यता रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |