धादिङ,१६ पुस
पाठेघर खस्ने समस्या सम्बन्धी दुई दिने निःशुल्क शल्यक्रिया शिविर धादिङ अस्पतालमा शुरु भएको छ। बागमती प्रदेश र धादिङ अस्पतालको संयुक्त आयोजन र जनस्वास्थ्य कार्यलय धादिङको सहयोगमा आजदेखी निशुल्क शिविर सन्चालन गरीएको हो ।शिविरमा किस्ट मेडिकल कलेजमा कार्यरत बरिष्ठ स्त्री रोग बिशेषज्ञ डा. यम दुवाको टीमले शल्यक्रिया गरेको हो । शिविरको पहिलो दिन आज ११ जना पाठेघर खस्ने समस्या भएका महिलाहरुको अप्रेशन गरीएको निमित्त अस्पताल निर्देशक डा.गगन अधिकारीले नीलकण्ठ एफएमलाई जानकारी दिनुभयो ।
शिविरको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुदै नीलकण्ठ नगरपालिकाका नगर उप प्रमुख दिपक विश्वकर्माले धादिङ अस्पालले अहिले विभिन्न सेवाहरु थप गरेकोमा धन्यवाद दिनुभयो । साथै नीलकण्ठ नगरपालिकाको स्वास्थ्य क्षेत्रमा योगदान गर्ने यस्ता कामहरुमा सहयोग गर्न तयार रहेको बताउनुभयो ।
कार्यक्रममा धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले गाउँगाउँमा तथा शहरी क्षेत्रमै पनि लुकेर बसेका यस्ता स्वास्थ्य समस्याहरुको न्यूनीकरणको लागि स्थानिय तह र अस्पताल मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
यसैगरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राधिका सापकोटाले महिलाहरुले लुकाई रहेको यस्ता समस्याहरुलाई समाधान गर्नको लागि शिविरको आवस्यकता रहेको बताउनुभयो ।पाठेघर खस्ने समस्याले स्वास्थ्य समस्या मात्रै नभएर पारिवारीक सम्बन्धमा असर पर्ने गरेको बताउनुभयो। उहाँले रोग लुकाएर नबस्न समेत महिलाहरुलाई आग्रह गर्नुभएको छ ।अस्पताल ब्यबस्थापन समितीको अध्यक्ष राधिका सापकोटाको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहमा नगर उप–प्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो ।प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको विशेष आतिथ्यता रहेको कार्यक्रममा जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख बिभु कुमार झा,निमित्त अस्पताल निर्देशक गगन अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |