धादिङबेशी । धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा पालिका स्तरीय खोप समन्वय समितिका पदाधिकारी तथा सञ्चार्कर्मीहरुसँग अन्तरक्रिया सहितको गोष्ठी सम्पन्न भएको छ । पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलो भाइरस (एचपीभी) विरुद्धको खोपको बिषयमा अन्तरक्रिया सहितको गोष्ठी सम्पन्न भएको हो ।
कार्यक्रममा नेत्रावती डवजोङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जिवन लामा तामाङले पाठेघरको मुखका कोषिकाको असामान्य वा अस्वभाविक वृद्धि हुनु पाठेघरको मुखको क्यान्सर भएको र यो ह्युमन प्यापिलोमा’ भाइरसको सङ्क्रमणका कारण हुने बताउनुभयो ।
एच.पि.भिले महिलाहरुको पाठेघरको मुखको क्यान्सरको साथै यौनाङ्गमा आउने मुसा तथा यौनाङ्गको क्यान्सर समेत गराउन सक्छ । नेशनल लाईबेरी अफ मेडिसिनले सार्वजनिक गरेको अनुसन्धान अनुसार ९९.७ प्रतिशत पाठेघरको मुखको क्यान्सर ‘ह्युमन प्यापिलोमा भाइरस’को सङ्क्रमणले गर्दा हुने उल्लेख छ । ग्लोबल क्यान्सर अब्जर्भेटरीको पछिल्लो विवरण अनुसार फोक्सो क्यान्सरपछि दोस्रो स्थानमा पाठेघरको मुखको क्यान्सर रहेको उल्लेख छ । पाठेघरको मुखको क्यान्सर भएका प्रत्येक तीन जनामध्ये दुईको मृत्यु हुने गरेको स्वास्थ्य शाखा प्रमुख तामाङले जानकारी दिनुभयो ।
गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत हरेराम शाहको अध्यक्षतामा सम्पन्न गोष्ठीमा गाउँपालिका अध्यक्ष मेघनाथ रिजालको प्रमुख आतिथ्यता, उपाध्यक्ष सिता माया चोदेनको बिशेष आतिथ्यता तथा वडा अध्यक्षहरु, गाउँपालिकाका कर्मचारीहरु र सञ्चारकर्मीहरुको आतिथ्यता रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |