धादिङ माघ २९ ।
धादिङमा पहिलो चरणको पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’ अभियान सम्पन्न भएको छ । माघ २२ देखि सुरु भएको पहिलो चरणको खोप अभियान अन्तरगत ७ हजार ७७० किशोरीहरुलाई खोप लगाइएको जनस्वास्थ्य कार्यालय धादिङका खोप सुपरभाइजर निरीक्षक श्याम प्रसाद पोखरेलले जानकारी दिनुभयो ।
जनस्वास्थ्य कार्यालयका अनुसार पहिलो चरणमा नीलकण्ठ नगरपालिकाका ३ हजार ६९, रुवीभ्यालीका ३९५, खनियावासको ५ सय ३, नेत्रावती डबजोङको ३ सय ४६, गंगाजमुनाका ७ सय ३६, त्रिपुरासुन्दरीका ८ सय ३३, ज्वालामुखीका ८ सय ६५, सिद्धलेकका १ हजार १२ गरी ७ हजार ७७० किशोरीहरुलाई ‘एचपीभी खोप’ लगाइएको छ ।
पोखरेलका अनुसार कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका बालिका र किशोरीलाई खोप लगाइएको हो । त्यसैगरी दोस्रो चरणमा फागुन १ गतेदेखी ५ गतेसम्म धुनिवेशी नगरपालिका, थाक्रे, गल्छी, गजुरी, बेनिघाट रोराङ गाउँपालिकामा खोप अभियान संचालन हुने जन स्वास्थ्य कार्यालयले जनाएको छ ।
यस अभियानबाट धादिङका १४ हजार ५ सय ७३ किशोरीलाई खोप लगाईने खोप सुपरभाइजर पोखरेलले जानकारी दिनुभयो । जिल्लाका २ सय ४० विद्यालय खोप केन्द्र र ९६ स्वास्थ्य संस्थाका खोप केन्द्र गरी ३३६ खोप केन्द्र मार्फत खोप लगाइनेछ । अभियानमा ३३६ जना स्वाथ्यकर्मी र ६७२ स्वयंमसेविका परिचालन हुने छन् ।
पाठेघरको मुखको क्यान्सरका कारण बढ्दै गएको र अकाल मृत्युको जोखिमबाट जोगाउने उद्देश्यका साथ सरकारले यही माघ २२ देखि देशभरि पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्याभिलोमा भाईरस (एच.पि.भि.) खोप अभियान सञ्चालन गरिरहेको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |