धादिङबेसी,२९ माघ
धादिङको नीलकण्ठ नगरपालिकालाई बालमैत्री स्थानीय तह घोषणा गर्ने लक्ष्य सहित काम सुरु गरीएको छ।प्रारम्भिक चरण अन्तरगत मंगलबार जिल्लामा क्रियासिल पत्रकारहरुको लागि बालमैत्री स्थानीय अवलम्बन तथा घोषणाको नीतिगत र प्रक्रियागत विषय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बालमैत्री स्थानीय तह घोषणाको लागि पत्रकारहरुको भुमिका र सहकार्यको विषयमा छलफल भएको हो ।कार्यक्रममा प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले विषयबस्तु माथि सहजिकरण गर्नुभएको थियो ।कार्यक्रममा स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत बालबालिका सम्बन्धी कानुनी प्रावधान, बाल समूह तथा संजाल स्थापनाका उपायहरू,बाल संरक्षणका विभिन्न आयामहरू तथा पत्रकारले ध्यान दिनुपर्ने कुराहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
बालमैत्री स्थानीय शासनका सूचकहरु र नीलकण्ठ नगरपालिकाले हाल सम्म गरेको क्रियाकलपाको बारेमा अर्यालले सहजिकरण गर्नुभएको थियो । नीलकण्ठ नगरपालिकाका नगर उप–प्रमुख दिपक विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवदी,नेपाल पत्रकार महासंघ धादिङका सभापति सिताराम अधिकारी,पत्रकार पोषथान अधिकारी लगायत विभिन्न मिडिया हाउसमा काम गर्ने पत्रकारहरुको सहभागिता रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |