धादिङबेशी । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ७ मा गृहणी महिलाहरुको लागी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नीलकण्ठ नगरपालिकाको आयोजनामा मंगलबार नीलकण्ठ नगरपालिकाको आयोजनामा गृहणी महिलाहरूको लागि अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
उद्यमशीलता तालिम नीलकण्ठ नगरपालिका र बागमती प्रदेश सरकारको संयुक्त साझेदारीमा भएको हो । तालिम कम्तिमा १५ दिनदेखि तीन महिनासम्मको हुने, र ३ महिना तालिम पूर्ण गरिसकेपछि सिप परीक्षामा पठाई त्यसपछि महिलाहरूलाई गृहणी महिलाहरुलाई उद्यमशीलतासँग जोड्ने नगरपालिकाको योजना रहेको छ । उद्यमशीलता कार्यक्रमबाट उत्पादित वस्तु तथा सेवाहरूलाई बिक्री वितरणको लागि नगरपालिकाले सघाउने समेत बताइएको छ ।
कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी र नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्मा सहित अन्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |