धादिङबेशी । बाल विवाह अन्त्य सम्बन्धि सचेतनामुलक अनुशिक्षण कार्यक्रम बिहीबार बसेरीमा सम्पन्न भएको छ । गंगाजमुना गाउँपालिकाको आयोजनामा माध्यमिक तह कक्षा ८–१० का बिद्यार्थीहरुको लागि १ दिने अनुशिक्षण गरिएको हो ।
बिहिवार सम्पन्न भएको कार्यक्रममा गंगाजमुना गाउँपालिका वडा नं ६ मा अवस्थित बसेरी माविमा ५७ जना र महालक्ष्मी माविमा ८५ जना बिद्यार्थीहरुको सहभागीता रहेको थियो ।
दुबै बिद्यालयमा भएको अनुशिक्षण कार्यक्रममा नेपालमा बालबालिका तथा बालविवाहको बिद्यमान अवस्था र कानुनी प्रावधान, समसामयिक चुनौती र समाधान , बाल विवाह नियन्त्रण तथा रोकथाम उपायहरु, भएका प्रयासहरु, बाल बिवाहको कारण र त्यसको असर, बाल अधिकार, बाल विवाह कारण हुने नकारात्मक असरहरु,सजायको व्यवस्था,बाल विवाह न्युनिकरणमा सरोकारवालाहरुको भुमिका लगायतका बिषयमा प्रयास नेपाल,धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले प्रशिक्षण दिनु भएको थियोे ।
अनुशिक्षण कार्यक्रममा गंगाजमुना गाउँपालिका गंगाजमुना गाउँपालिका वडा नं ६ का वडाध्यक्ष रमेश ढकाल ,निबर्तमान वडाध्यक्ष भक्त बहादुर लामिछाने ,महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख प्रमिता भट्ट, बसेरी माविका प्रधानाध्यापक राजेन्द्र दाहाल ,महालक्ष्मी माविका प्रधानाध्यापक राजेन्द्र सापकोटा, बालक्लबका अध्यक्षहरु लगायतको सहभागी रहेको प्रमिता भट्टले जानकारी दिनु भयो ।
कार्यक्रम सहभागी विद्यार्थीहरुले आफुहरुले बाल विवाह नगर्ने ,साथीहरूको बाल विवाह हुन लागेको जानकारी भएमा सम्बन्धित निकायमा सुचना दिने , अभिभावकहरुलाइ सम्झाउने र बाल विवाह विरुद्ध आवाज उठाउने प्रतिबद्धता गरेका पनि शाखा प्रमुख भट्टले जानकारी दिनु भयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |